२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रमा छड्के अनुगमन

१५ चैत्र २०७४, बिहीबार ०२:०८

राम नारायण पंडित | चैत १५, सिरहा | मिर्चैया नगरपालिका बडा नं. ७ का बडा अध्यक्ष रामकुमार यादबले जनताको स्वास्थ्य जस्तो गम्भिर विषयमा खेलवाड गर्ने जुनसुकै तह तथा  तप्काका स्वास्थ्यकर्मी र कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । मिर्चैयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको बुधबार छड्के अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिदै बडा अध्यक्ष यादबले स्बास्थ्य क्षेत्र आमजनताको जिबनसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले अटेरी गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले जनताको समस्या बुझि तुरुन्त सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिए । 

बडा अध्यक्ष यादबले अस्पतालको भौतिक अवस्था राम्रो देखिए पनि सेवाको स्थिति दयनीय रहेकोले तत्कालै सुधार गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले अनुगमन गर्दै अस्पतालको स्थितिको विषयमा अस्पतालका प्रशासन प्रमुख सुशिल कुमार साहसंग जानकारी लिएका थिए ।


अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा आफुले सम्बन्धित निकायमा पहल गर्ने बडा अध्यक्ष यादबले आश्बासन दिए । चिकित्सक तथा अन्य कर्मचारीहरु समयमा नपुग्दा सेवाग्राही मर्कामा पर्ने गरेको गुनासो आएपछि छड्के अनुगमन गरेको बडा अध्यक्ष यादबले बताए । उनले बाहाना बनाएर आमजनताको स्बास्थ्यसंग खेलबार गर्ने कर्मचारीलाई छुट दिन नसक्ने स्पष्ट गरे ।

अनुगमनका क्रममा अस्पतालमा करारमा कार्यरत डा. जितेन्द्र प्रसाद गुप्ता चैत १२ गतेदेखि बिदामा बसेको पाईएको थियो भने । त्यसैगरी, निमित प्रमुख सिनियर अहेब शान्ति देबि धिमाल काम बिशेषले जिल्ला गएको थियो भने अहेब जयप्रकाश साह तालिमको लागि बिराटनगर गएको थियो । अहेब दशरथ दास बिना जानकारी अनुपस्थित रहेको प्रशासन प्रमुख साहले बताए ।

अनुगमनका क्रममा मिर्चैया नगर स्बास्थ्यका सहसंयोजक बिजय महतोले कर्मचारीहरुलाई समयको ख्याल गरी बिरामीको उपचारमा लाग्न निर्देशन दिए । 

अस्पतालमा स्थायी ११ जना र करारका ९ जना कर्मचारी गरी जम्मा २० जना कर्मचारी कार्यरत रहेका छन् ।

अनमीको भरमा अस्पताल संचालन

मिर्चैयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सिनियर अनमी शान्ति देबी धिमालको भरमा संचालन भईरहेको छ । अस्पतालका प्रमुख डा. अरुण कुमार साह साउन महिनामै थप अध्ययनका लागि अस्पताल छाडेर गएपनि अहिलेसम्म निमित प्रमुख धिमालको भरमा संचालन भईरहेको छ । डा. साह गएको करीब ८ महिना बितेपनि सरोकारबालाको उदासिनताका कारण अहिलेसम्म नयाँ प्रमुख आउन सकेका छैन् ।


औषधीको अभाव

स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा बिरामीहरु समस्यमा परेका छन् । स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दा समेत सरोकारवालाले चासो नदिएको अस्पतालका प्रशासन प्रमुख साहले गुनासो गरे । उनले भने “स्बास्थ केन्द्रमा बिरामी उपचारका लागि आउने गर्दछन् तर केहि उपलब्ध रहेका औषधि हामी दिन्छौ, नत्र औषधि छैन भनेर बाहिर पठाउँछौं ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान