२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

१५ चैत्र २०७४, बिहीबार ०५:४३

चैत १५, चितवन | समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन् । 

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र वुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं. १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले गाली गलौजसहित दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको भन्दै घटनाको भत्र्सना गरिएको हो । 

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र जिल्ला कार्यसमिति एवम् नेपाल प्रेस युनियन चितवन शाखाले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरी सार्वजानिक चासोको विषयमा सार्वजनिक कार्यालयमा सूचना लिन पुग्दा पत्रकारमाथि यस्तो दुव्र्यवहार हुनु र समाचार संकलनमा रोक लगाइनु प्रेस स्वतन्त्रताकोे उल्लंघन भएको जनाएका छन् । 

यो विषयमा महानगरले दोषीमाथि छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । सूचनामा पारदर्शीता देखाउँदै महानगर सूचनामैत्री बन्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिनसमेत महानगरपालिका गम्भीर हुन आग्रह गरिएको छ । 

समाचार संकलनमा पुगेका नेपाल पत्रकार महासंघ चितवन शाखाका सहसचिव एवं कान्तिपुर टेलिभिजनका संवाददाता प्रवीणकुमार दत्त, कान्तिपुर दैनिकका रमेशकुमार पौडेल, कान्तिपुर टिभीका नवराज मिश्र, नागरिक दैनिककी सविता श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका तुलमान गुरुङ, कालिका एफएमकी गीता गुरुङ र सौराहा अनलाइनका शिव आचार्यमाथि दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा