2026-08-31 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

चैत १५, चितवन | समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन् । 

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र वुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं. १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले गाली गलौजसहित दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको भन्दै घटनाको भत्र्सना गरिएको हो । 

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र जिल्ला कार्यसमिति एवम् नेपाल प्रेस युनियन चितवन शाखाले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरी सार्वजानिक चासोको विषयमा सार्वजनिक कार्यालयमा सूचना लिन पुग्दा पत्रकारमाथि यस्तो दुव्र्यवहार हुनु र समाचार संकलनमा रोक लगाइनु प्रेस स्वतन्त्रताकोे उल्लंघन भएको जनाएका छन् । 

यो विषयमा महानगरले दोषीमाथि छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । सूचनामा पारदर्शीता देखाउँदै महानगर सूचनामैत्री बन्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिनसमेत महानगरपालिका गम्भीर हुन आग्रह गरिएको छ । 

समाचार संकलनमा पुगेका नेपाल पत्रकार महासंघ चितवन शाखाका सहसचिव एवं कान्तिपुर टेलिभिजनका संवाददाता प्रवीणकुमार दत्त, कान्तिपुर दैनिकका रमेशकुमार पौडेल, कान्तिपुर टिभीका नवराज मिश्र, नागरिक दैनिककी सविता श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका तुलमान गुरुङ, कालिका एफएमकी गीता गुरुङ र सौराहा अनलाइनका शिव आचार्यमाथि दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग