2026-09-19 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ३ हजार नागरिकको स्वास्थ्य बीमा

चैत १५, खोटाङ | सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । 

उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा गरेका हुन् । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत थालेको उक्त अभियानका क्रममा सर्वसाधारणले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिएको जिल्ला अस्पतालका प्रमुख डा रामबहादुर केसीले जानकारी दिनुभयो । जिल्लामा गत पुस २४ गतेदेखि दर्ता सहयोगीमार्फत बिमितको स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको थियो । 

गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकले फागुन १ गतेबाटै स्वास्थ्य बीमाको शर्त अनुसारका सेवासुविधा लिन थालेको अस्पतालले जनाएको छ । सर्वसाधारण स्वास्थ्य बीमातर्फ आकर्षित भएका छन् । स्वास्थ्य बीमाको पूर्व तयारीमा जिल्लाका सबै नगर÷गाउँपालिकामा आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालनपछि ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालसँगै छिमेकी जिल्लाका अस्पताल तथा सरकारी अस्पतालबाट बीमाको शर्त अनुसारका स्वास्थ्य सेवा लिन पाउनेगरी स्वास्थ्य बीमा गरिएको हो । 

हरेक वडामा नियुक्त गरिएका स्वास्थ्य बीमा दर्ता सहयोगीले अहिले पनि स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरणको काम गरिरहेका छन् । पाँच जनासम्मको परिवारले वार्षिक रुपमा रु दुई हजार पाँच सयको स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक रु ५० हजारको स्वास्थ्य उपचार पाउने थाहापाएपछि सर्वसाधारण स्वास्थ्य बीमाप्रति आकर्षित भएकाख हुन् । 

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति रु ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च रु ५० हजारमा प्रतिव्यक्ति थप रु १० हजारका दरले बढी पाउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई