२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: छुवाछुत विवेद र कुटपिट गर्नेहरुलाई जरिवाना

२०७४, १६ चैत्र शुक्रबार ०५:४८

प्रेम सुनार/चैत्र १६, गुल्मी। केहि महिना अघि साविकको बडागाउँ गाविसको हलोगाडेमा पसलमा  खाना खाएको  भाँडा नमाझेको भन्दै स्थानिय एक दलितलाई निर्घात कुटपिट गर्ने उक्त पसलेलाई जिल्ला अदालत गुल्मीले छुवाछुत र कुटपिट विरुद्ध जरीवान गराएको छ ।

२०७४ साल असार २४ गतेका दिन हालको मुसिकोट नगरपालिका वडा नम्वर ४ बडागाउँ हलोगाडेका शोभा कार्कीको पसलमा मदिरा सेवन गरेको गिलास नमाझको र भान्छा कोठामा रहेका भाँडा छुएको आवेशमा आई स्थानिय कर्णबहादुर सार्कीलाई  पसले कार्की र उनका छोरा कृष्ण कार्कीले मरणाशन्य हुने गरी निर्घात कुटपिट गरेक थिए ।त्यस विरुद्ध पिडितले जिल्ला अदालतमा छुवाछुत र कुटपिट विरुद्ध मुद्धा दायर गरेका थिए । सोही अनुरुपम  जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजालसले कार्कीद्धयलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले जरीवाना, २५ हजार पिडितलाई क्षतिपुर्ति र १० हजार उपचार खर्च अशुलीको फैसला गरेको श्रेतेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

उक्त घटनाका विषयमा नेपाल राष्ट्रिय दलित आयोगको समेत गम्भीर ध्यानकृष्ट भएको थियो । आयोगको एक टोली आएर स्थानिय स्तरमा पुगेर घटनाबारे जानकारी लिनुका साथै यहाँको प्रशासनलाई पिडकलाई कार्वाहीका लागि दवाव समेत दिएको थियो ।

स्थानिय स्तरमा यस घटना विरुद्ध  नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण  सुनार , नेपाल राष्ट्रिय मुक्तिमोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा , नेपाल दलित संघका अध्यक्ष झविन्द्र बिक, अधिकारकर्मी कमला बराल लगातले  अगुवाई  गरेका  थिए । तस्वीरः त्यति वेला निर्घात कुटपिटबाट घाईते भएका उनै पिडित कर्णबहादुर सार्की


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस