२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा कक्षा ८ को परीक्षा स्थगित

२०७४, १६ चैत्र शुक्रबार ०६:१३

चैत १६, ताप्लेजुङ | ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । 

आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै सञ्चालन गरेकाले स्थगित गर्नुपरेको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिनुभयो । 

बिहीबार स्वास्थ्य तथा शारीरिक शिक्षा, नैतिक शिक्षा विषयको परीक्षा हुने कार्यतालिका थियो । निरौलाका अनुसार पेशा व्यवसाय तथा प्रविधि विषयको अर्को प्रश्न पत्र तयार गरी चैत २० गते बिहान ११ बजे परीक्षा सञ्चालन गर्ने तयारी भएको छ भने लिटल बुद्ध बोर्डिङ स्कूलमा स्वास्थ्य तथा शारीरिक शिक्षा नैतिक शिक्षा विषयको समेत नयाँ प्रश्न पत्र बनाई चैत १८ गते परीक्षा लिइनेछ । बाँकी विषयको परीक्षा भने कार्यतालिकाअनुसार नियमित हुने जनाइएको छ । 

जिल्लाका सबै विद्यालयमा एकै प्रकारको प्रश्नपत्र तयार गरी चैत ८ गतेदेखि सञ्चालन भइरहेको परीक्षा चैत १७ गते सम्पन्न हुने कार्यतालिका थियो । यता लिटल बुद्ध बोर्डिङ स्कूलले भने भुलबस आज हुने विषयको परीक्षा बिहीबार हुन गएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण