४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा समयमा काम पूरा नगर्ने ७ ठेकेदारमाथि कारवाही

१६ चैत्र २०७४, शुक्रबार ०९:४०

चैत १६, लहान  | सम्झौता गरेर पनि समयमा सडक निर्माणको काम पूरा नगर्ने विभिन्न निर्माण कम्पनीमाथि डिभिजन सडक कार्यालय लहानले कारवाही शुरु गरेको छ । 

सिरहा, सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन १२ वटा सडकको निर्माणका लागि सम्झौता गरे पनि समयमा सो कार्य सम्पन्न नगर्ने सात वटा निर्माण कम्पनीमाथि कारवाही प्रक्रिया शुरु गरेको डिभिजन सडक कार्यालय लहानका प्रमुख रामकुमार देवले जानकारी दिनुभयो । 

सम्झौता बमोजिम ठेक्काको काम शुरु नै नगरेको तथा कार्य शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएकाले मौखिक, पत्र तथा सूचनामार्फत पटक पटक जानकारी गराउँदासमेत कार्य शुरु गर्नेतर्फ पहल नथालेपछि कारवाही शुरु गरेको प्रमुख देवको भनाइ छ । 

सिरहाको बहुनाखोला कजवे प्रोटेक्सन कार्य, बलान कमला प्याच मर्मत, कोशी बलान सडकमा प्याच मर्मत र सप्तरीको रुपनी कटैया सडकमा माटो ग्राभेल तथा कल्र्भट निर्माण गरी चार वटा कामको ठेक्का लिएकामा पवित्रा निर्माण सेवा सिरहामाथि कारवाही शुरु गरेको सो कार्यालयले जनाएको छ ।

यस्तै सप्तरीको रुपनी कटैया सडकमा माटो ग्राभेल तथा कल्भर्ट निर्माणसँगै उदयपुरको तवा खोला पुल निर्माणको ठेक्का लिएको गहिल सन्स कम्पनी प्रालि राजविराज सप्तरी र सप्तरीको मुतनीधारमा पुल निर्माण तथा सुमरी खोलामा पुल निर्माणको ठेक्का लिएको निलगिरि निर्माण सेवा प्रालि बानेश्वर काठमाडौँमाथि समेत कारवाही थालिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख देवले बताउनुभयो । 

त्यस्तै सप्तरीको घोडदह नदीमा पुल निर्माणको ठेक्का लिएको प्रकाश÷आश्रय सेवा जेभी कुपण्डोल, सप्तरीकै महुली घाडन खोलामा पुल निर्माणको ठेक्का लिएको पप्पु÷मृत संजीवनी जेभी नयाँ बानेश्वर काठमाडौँ, सप्तरीकै लालापट्टिस्थित भलुवाही खोला पुल निर्माणको ठेक्का लिएको याकथुम्ह्याङ÷बिपी कन्स्ट्रक्सन जेभी लहान सिरहा र सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का लिएको रोशन कन्स्ट्रक्सन जनकपुरमाथि समेत कारवाही शुरु गरिएको प्रमुख देवले जानकारी दिनुभयो । 

कारवाही थालिएको ठेकेदार कम्पनीलाई सार्वजनिक सूचनामार्फत सात दिनभित्र निर्माण गर्न नसकिए कालो सूचीमा राख्न नपर्ने कुनै कारण भए पेश गर्न भनिएको जानकारी दिँदै प्रमुख देवले तोकिएको समयभित्र उचित कारण पेश नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम ठेक्का तोडी अन्य कारवाही अघि बढाइने बताउनुभयो । 

कम प्रतिष्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम शुरु नगर्ने र गुणस्तरहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीमाथि निगरानीसमेत बढाएको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ