पढ्न करिब 2 मिनेट लाग्छ

नन्द बहादुर रोकाया/चैत १६, मुगु | मुगु सदरमुकाम गमगढी नजिकै छायाँनाथ रारा नगरपालीका वडा नं ६ मा पर्ने बालै गाउँलाई छाउगोठ मुक्त घोषण गरीएएको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा बिहिबार एक कार्यक्रमको आयोजना गरि छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो ।

५५ घरधुरीरहेको बालै गाउँमा महिनावारी भएकाबेला छोरी बुहारी, किशोरीहरु गोठमा नबस्ने र सुरक्षित कोठा बनाएर घर भित्रै बस्ने भएकाले बालै गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको छायाँनाथ रारा नगरपालीका ६ नम्बर वडाकार्यलयले जनाएको छ ।

मुगुमा छाउपडी न्युनिकरणमा १० बर्ष देखि मुगु् जिल्लमा काम गदै आएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगु र स्थानीय सरकार पनी छाउगोठ मुक्त अभियानमा लागेकाले पछील्ला समय मुगुमा छाउगोठ मुक्त घोषणा गर्ने काम तिब्ररुपमा अघि बढ्ेको छ ।

२०७१ सालमा मध्य पश्चिमकै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो भने त्यस पछी गहेको माघ महिनामा नगरपालीकाकै माथि तुम गाउँलाई छाउगोठ मुक्त घोषण गरीएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुका हिरिष्डेक मुगुका मानवअधिकार अधिकृत सन्जु तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार स्थानीयस सरकार संग सहजिकरण गदै नगरपालिकाका अधिकांश गाउँमा छाउगोठ हटाउने तयारी भइरहेको तिमिल्सीनाको भनाई छ ।

यसअघि गाउँमा छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह खान नपाउने, फलफूलका बोट छुन नहुने, गाई छुन नहुने , घरको जग छुँदा देवी रिसाएर अनिष्ट हुने मान्यता भएको भएपनी पछील्ला समय त्यो हट्दै गहेको र महिला पनी सचेत भएकाले छाउँगोठ मुक्त घोषणमा स्थानीय सरकार पनी लागेको छायाँनाथ रारा नगरपालीकाकाले जनाएको छ ।