2026-08-29 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जन जागृति माध्यमिक बिद्यालय धनचौरको ५९ औं बार्षिकत्सवको

चैत्र १७ अर्घाखाँची | प्रदेश ५ का सांसद जालपा भुसालले  अहिलेको युग प्रतिष्प्रधाको युग भएको भन्दै सामुदायिक बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

जन जागृति माध्यमिक बिद्यालय भुमिकास्थान १० धनचौरले आयोजना गरेको ५९ औं बार्षिकत्सवको अबसरमा  आयोजित कार्यक्रममा बोल्दै सांसद भुसाले यस्तो बताउंदै मुलुकमा राजनितिक आन्दोलन समाप्त भइ आर्थिक समृद्धिको अभियान सुरु भएकोले अबको शिक्षापनि सोहीअनुसारको हुनुपर्ने बताउनुभएको छ । 

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष केशव रेग्मीको अध्यक्षता,रेमलाल भट्टराईको स्वागत मन्तव्य र शिक्षक कृष्ण प्रसाद न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा,भुमिकास्थान नगर प्रमुख रेसम थापा,एमाले नेता पिताम्बर भुसाल,भुनपा १० का वडा अध्यक्ष खगिश्वर पन्थी,भमिकास्थान नगर शिक्षा अधिकृत मनिराम पराजुली र स्रोत ब्यक्ति जेदुराम खनाल लगायतले मन्तव्य राख्दै बिद्यालयमा संचालन गरिएको समय ब्यबस्थापन कार्डले पढाइ सुधारको निम्ती अत्यन्तै प्रभावकारी भएको बताउंदै यसलाई सबै बिद्यालयमा अनिवार्य बनाउनु पर्नेमा जोड दिनुभएको छ । 

बार्षिकउत्सवको अबसरमा कक्षा ११ र १२ का उत्कृष्ट नतिजा ल्याउने दुइ दुइ जना बिद्यार्थी र बिद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा प्र.अ.पिताम्बर खनालले बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको त्यहांबाट सपना भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो