२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प पीडित अनुदान: दोस्रो किस्ताको म्याद थपियो

२०७४, २० चैत्र मंगलवार ०६:३९

चैत २०, काठमाडौं । भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद थपिएको छ | यसअघि यस्तो म्याद चैत मसान्तसम्म रहेको अनुदान वितरणको म्याद असार मसान्तसम्म थपिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो । सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएकोले म्याद थपिएको समितिले जनाएको छ ।

समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सबै भूकम्प पीडितलाई छानामुनि ल्याउनको लागी निर्देशन दिएका थिए । त्यसका लागि आइपर्ने बाधा  तुरुन्तै हटाइने उनले बताए ।

आवास निर्माण पहिलो प्राथमिकतामा

निजी आवास निर्माण पहिलो प्राथमिकतामा छ भने क्रमशः स्वास्थ्य चौकी, शिक्षा र पुरातात्विक संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ । बनिसकेका घरलाई भने अनुदान दिइने छ ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारीअनुसार भूकम्प पीडितका एक लाख १४ घर बनिसकेका छन् । ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् । अहिलेकै गतिमा निर्माण प्रक्रिया जारी रहेमा आगामी असारसम्म ४ लाख ५० हजार घर निर्माण गर्ने लक्ष्य पूरा हुने प्राधिकरणले दावी गरेको छ ।

कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो