२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयाः ४६ बर्षपछि स्थानिय सरकारद्धारा आधारभुत परिक्षा संचालन

२०७४, २१ चैत्र बुधबार ०२:२९

राम नारायण पंडित | चैत २१, सिरहा | आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षालाई व्यवस्थित बनाउन मिर्चैयामा नयाँ अभ्यास आरम्भ गरिएको छ । सिरहा जिल्लामा मिर्चैया नगरपालिकाले मात्र यस बर्षको आधारभुत परिक्षा केन्द्र निर्धारण गरी व्यवस्थित रूपमा सञ्चालन गरेको हो । आज (मंगलबार) देखि सुरु भएको परिक्षालाई मर्यादित बनाउन नगरपालिका भित्र रहेका १९ वटा आधारभूत विद्यालयका लागि ३ वटा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको छ । 

नगरपालिका भित्र रहेका १९ बटा बिद्यालयका १ हजार ८५ परिक्षार्थीहरुका लागि मिर्चैयाको मोहन मा.वि.“क” र “ख” तथा पोलर स्टार ईंगलिश बोर्डिंग स्कुलमा परिक्षा केन्द्र तय गरी परिक्षा संचालन गरिएको मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए । केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन हुँदा परीक्षा व्यवस्थित देखिएको मेयर यादबले दाबी गरे । आधारभुत परिक्षा जस्तै अन्य परिक्षा पनि पुर्ण रुपमा ब्यबस्थित ढंगले संचालन गर्ने तयारीमा रहेको यादबले स्पष्ट गरे । उनले भने “ परिक्षा प्रणाली राम्रो भए, बिद्यार्थी पनि राम्रै उत्पदान हुने भएकाले परिक्षा प्रणाली सुधार गरेरै छाड्छु ।” नगरपालिका भित्र संचालित रहेका अबैध बिद्यालयहरुलाई यहि शौक्षिक शत्रदेखि बन्द गराउने योजना रहेको समेत मेयर यादबले संकेत गरे । परिक्षा मर्यादित तथा व्यवस्थित रुपमा  सञ्चालन गर्न सुरक्षा, सुबिधा तथा अन्य संवेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको मेयर यादबले बताए । 


एसइई परीक्षामा बाहिरको बिद्यालयमा पुगेर परीक्षामा सहभागी हुँदा डराउने विद्यार्थीलाई सहज बनाउने उदेश्यले अहिलेदेखि नै केन्द्र निर्धारण गर्दा बानी बस्ने नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडलले बताए । उनले भने “ बाहिरको श्रोत साधन प्रयाप्त नभएपनि नगरपालिकाले आफनै श्रोत साधन प्रयोग गरी परिक्षा संचालन गरिहेको छ ।” “हामीले पहिलाको परिक्षा प्रणाली (होम सेन्टर) लाई हटाई यस बर्षदेखि नयाँ संरचना अनुसार परिक्षा संचालन गरिरहेका छौं ।” निजी तथा सामुदायिक विद्यालयबाट तुलनात्मक नतिजा निकाली पृष्ठपोषण गर्न पनि यस परीक्षाले सहज हुने उनले बताए ।  

एनप्याबसन सिरहाका अध्यक्ष प्रदिप तिबारीले २०२८ सालदेखि संचालन हुँदै आएको परिक्षा प्रणलीलाई ब्रेक गरि स्थानिय सरकारले संचालन गरेको यस प्रकारको परिक्षाले बिद्यार्थीहरुमा थप उर्जा उत्पन्न हुने बताए । अहिले देखिनै परिक्षाको प्रणालीलाई परिबर्तन गर्दा एसईई परिक्षा बिद्यार्थीहरुका लागि खासै झन्झटिलो नहुने उनले दाबी गरे । उनले भने “सामुदायिक र संस्थागत विद्यालयमा शिक्षाको गुणस्तरमा एकरूपता ल्याउन पनि यस्तो परीक्षा प्रणाली प्रभावकारी हुनेछ ।” उनले भने “संस्थागत बिद्यालयबाट बिशेष पहल गरी नियमित पठनपाठन र मर्यादित परिक्षा संचालन गर्ने उदेश्यले आधारभुत तहको परिक्षा संचालन गर्न सफल भयौं ।”

शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएपछि नगरपालिकाले शिक्षाको गुणस्तर सुर्धान नगर परिक्षा संचालन समिति गठन गरी परिक्षा केन्द्र तोकी परिक्षा लिईरहेको छ । 


स्थानिय सरकारद्धारा परिक्षाको अनुगमन 

मिर्चैया नगरपालिकाले आफ्नो क्षेत्र भित्रका आधारभुत तहका बिद्यालयमा सञ्चालित परिक्षाको आज निरीक्षण गरेको हो । नगर परिक्षा समितिका संयोजक समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले स्थानिय तहबाट पहिलो पटक सञ्चालित कक्षा ८ को आधारभुत परिक्षाको अनुगमन गरेका हुन् । अनुगमन टोलीमा मेयर यादबको साथै प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, बिनि बुद्धिमान दनुवार, श्रोत ब्यक्ति श्याम यादब र एनप्याबसन सिरहाका अध्यक्ष प्रदिप तिबारी लगायतका सहभागि रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला