2026-09-19 10:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

झगडापछि बुहारीले घर जलाइन्

चैत २२, खोटाङ | ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । 

धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने गोठ, गोठमा बाँधिएका दुईवटा खसी बाख्रा जलेर मर्नुका साथै ठूलो धनराशि क्षति भएको प्रहरीले जनाएको छ । ससुरासँगको आपसी झगडापछि आस्माले राति करीब १० बजेतिर घरमा आगो लगाएको पारिवारिक स्रोतले जनाएको छ । 

एकान्त ठाउँमा रहेको घरमा भएको आगलागी राति नै घटनास्थल पुगेका स्थानीय र प्रहरीले बुधबार बिहानमात्र नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, खोटाङबजारका प्रहरी नायब निरीक्षक पवनकुमार यादवले जानकारी दिनुभयो । 

आगजनी गर्नुअघि आस्माले ससुराका दाजु ललितबहादुर तामाङलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ । निःसन्तान रहेका करीब ७६ वर्षीय ललितबहादुर भाइ प्रेमबहादुरकै घरमा बस्दै आएका छन् । 

भाइको बुहारीबाट कुटिएका ललितबहादुरको देब्रे हात तथा शरीरको विभिन्न ठाउँमा निलडाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट तथा आगजनीका घटना लगत्तै प्रहरीले आस्मालाई नियन्त्रणमा लिएको छ । 

तामाङ परिवारमा लामो समयदेखि झगडा रहेकाले थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको प्रहरीले जनाएको छ । 

प्रेमबहादुरको छोरा हरि तामाङसँग सौतामाथि आएकी आस्माले जेठीपट्टीको छोरीलाई समेत यसअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरीमा झिकाएर मिलापत्र गराइएको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई