<p><b>चैत २२, मोरङ |</b> मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् । पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस</p>
मोरङमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु