२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सेनाद्वारा अपांगमैत्री शौचालय हस्तान्तरण

२३ चैत्र २०७४, शुक्रबार ०६:३१

चैत २३ रोल्पा | नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा मावि, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ । 

बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको चाबी विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई हस्तान्तरण गर्नुभएको हो । 

गणका सैनिकले श्रमदान गरी निर्माण गरेको सो आधुनिक शौचालयमा तीन वटा कोठा रहेका छन् । शौचालय निर्माणपछि विद्यालयमा अध्ययनरत अपांग बालबालिका लाभान्वित हुने प्रधानाध्यापक महराले बताउनुभयो । 

सदरमुकाम नजिक रहेपनि भौतिक पूर्वाधारको समस्या भोग्दै आएको सो विद्यालयले सेनाको सहयोगमा निर्मित शौचालयबाट केही राहत पुग्ने अभिभावकले बताएका छन् । 

शौचालय निर्माणमा सेनाको श्रमदानसहित करीब रु साढे पाँच लाख खर्च भएको खडग दल गणका गणपति अजय गुरुङले जानकारी दिनुभयो । खड्गदल गण रोल्पाले जिल्लावासीको सहकार्यमा थुप्रै विकास निर्माणका काममा सहयोग गरिरहेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य