२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बिस्केट जात्रालाई व्यवस्थित गरिने

२३ चैत्र २०७४, शुक्रबार ०७:३४

चैत २३, भक्तपुर | ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय गरिनेभएको छ । 

गुठी संस्थान कार्यालय, जात्रा चलाउने गुठियार, पुजारी, नाइके, स्थानीय बासिन्दासँगको छलफलमा दिउँसो २ बजे नै तौमढीबाट भैरवको रथ तान्ने र साँझ ५ बजेसम्म रथलाई गहिटी पु¥याउने निर्णय भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

जात्राको तयारी र सुरक्षाका बारेमा जानकारी दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जात्रामा ढुङ्गा हान्ने, जात्रा बिथोल्न खोज्ने र हिंसात्मक गतिविधि गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसवर्ष बिस्केट जात्रामा ढुङ्गा हान्ने, जात्रा बिथोल्न खोज्ने र हिंसात्मक गतिविधि गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने छौँ, ज्यानै जाने गरी वा घाइते हुनेगरी कुनै पनि प्रकारको घटना भए त्यस्ता व्यक्तिलाई तत्कालै पक्राउ गरी ज्यान मुद्दासमेत लगाउने तयारी गरेका छौँ ।” 

विगतका वर्षहरुमा जति नै चाँडै रथ तान्ने निर्णय गरे पनि साँझबाट रथ तान्न शुरु गर्ने र मध्यरातिसम्म नै रथ तान्ने गर्दा ढुङ्गा हानाहान हुँदै आएको छ । रथ तान्ने क्रममा माथि लान सके दत्तात्रयसम्म र तल लान सके नासमनासम्म रथ लैजाने गर्दै आएकामा भूकम्पपछि घरमा टेको लगाएका कारण केही अवरोध आएको छ । 

त्यसैगरी रथको रुटसमेत यसवर्ष छोट्याउने निर्णय भएको छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष तौमढीबाट तलका बासिन्दाले बुलुचासम्म र माथिकाले साकोठासम्म मात्रै लैजाने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ । 

विगतका वर्षमा भैरवको रथ तान्ने क्रममा तौमढीबाट (क्वने) तलको बासिन्दाले नासमना हँुदै वंशगोपालसम्म र (थने) माथिका बासिन्दाले तौमढीबाट सुकुलढोका हुँदै दत्तात्रयसम्म रथ लैजाने गरेको थिए । विसं २०७२ को भूकम्पपछि भने घर घरमा टेको भएकाले केही अवरोध हुँदै आएको छ । 

सिसी क्यामरा र सुरक्षाकर्मी परिचालन 

जात्रामा ढुङ्गा हान्ने र हिंसात्मक गतिविधि हुन नदिन भक्तपुर नगरपालिकाको समन्वयमा ३५ सिसी क्यामरा जडान गरिएको छ । 

जात्राका क्रममा रथ तान्ने बाटो र लिङ्गो उभ्याउने स्थानमा जडान गरिएको सिसी क्यामराबाट प्रहरी परिसर भक्तपुरको सर्वर कक्षबाट त्यहाँका गतिविधि सिधै हेर्न सकिने गरी व्यवस्थापन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा जात्रामा भक्तपुर जिल्ला र काठमाडौँबाट ल्याएको गरी करीब एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएको छ । सादा पोशाकका प्रहरीलाई समेत टुकडी बनाएर ठाउँ ठाउँमा परिचालन गर्ने र घटना घटाउन खोज्नेलाई तत्कालै पक्राउ गर्न सकिने गरी सुरक्षाको व्यवस्थापन गरिएको भनाइ छ । 

मदिरा निषेध 

जात्रामा भक्तपुर नगर क्षेत्रमा मदिरा निषेध गरिने भएको छ । कुनै पनि ब्राण्ड तथा घरेलु मदिरा बिक्री वितरण गर्न र पिउन रोक लगाइने बताउँदै प्रहरी प्रमुख राणाले मदिरा बिक्री वितरण गर्ने र मदिरा खाएर होहाल्ला गर्नेलाई समेत तत्कालै पक्राउ गरी कारवाही गरिने बताउनुभयो । मदिराकै कारण धेरै घटना घट्ने गरेको निष्कर्ष प्रहरीको छ । 

गतवर्ष जात्रामा एकजनाको मृत्यु भएको थियो, चारजना घाइते भएका थिए भने १२ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य