२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बिस्केट जात्रालाई व्यवस्थित गरिने

२०७४, २३ चैत्र शुक्रबार ०७:३४

चैत २३, भक्तपुर | ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय गरिनेभएको छ । 

गुठी संस्थान कार्यालय, जात्रा चलाउने गुठियार, पुजारी, नाइके, स्थानीय बासिन्दासँगको छलफलमा दिउँसो २ बजे नै तौमढीबाट भैरवको रथ तान्ने र साँझ ५ बजेसम्म रथलाई गहिटी पु¥याउने निर्णय भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

जात्राको तयारी र सुरक्षाका बारेमा जानकारी दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जात्रामा ढुङ्गा हान्ने, जात्रा बिथोल्न खोज्ने र हिंसात्मक गतिविधि गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसवर्ष बिस्केट जात्रामा ढुङ्गा हान्ने, जात्रा बिथोल्न खोज्ने र हिंसात्मक गतिविधि गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने छौँ, ज्यानै जाने गरी वा घाइते हुनेगरी कुनै पनि प्रकारको घटना भए त्यस्ता व्यक्तिलाई तत्कालै पक्राउ गरी ज्यान मुद्दासमेत लगाउने तयारी गरेका छौँ ।” 

विगतका वर्षहरुमा जति नै चाँडै रथ तान्ने निर्णय गरे पनि साँझबाट रथ तान्न शुरु गर्ने र मध्यरातिसम्म नै रथ तान्ने गर्दा ढुङ्गा हानाहान हुँदै आएको छ । रथ तान्ने क्रममा माथि लान सके दत्तात्रयसम्म र तल लान सके नासमनासम्म रथ लैजाने गर्दै आएकामा भूकम्पपछि घरमा टेको लगाएका कारण केही अवरोध आएको छ । 

त्यसैगरी रथको रुटसमेत यसवर्ष छोट्याउने निर्णय भएको छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष तौमढीबाट तलका बासिन्दाले बुलुचासम्म र माथिकाले साकोठासम्म मात्रै लैजाने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ । 

विगतका वर्षमा भैरवको रथ तान्ने क्रममा तौमढीबाट (क्वने) तलको बासिन्दाले नासमना हँुदै वंशगोपालसम्म र (थने) माथिका बासिन्दाले तौमढीबाट सुकुलढोका हुँदै दत्तात्रयसम्म रथ लैजाने गरेको थिए । विसं २०७२ को भूकम्पपछि भने घर घरमा टेको भएकाले केही अवरोध हुँदै आएको छ । 

सिसी क्यामरा र सुरक्षाकर्मी परिचालन 

जात्रामा ढुङ्गा हान्ने र हिंसात्मक गतिविधि हुन नदिन भक्तपुर नगरपालिकाको समन्वयमा ३५ सिसी क्यामरा जडान गरिएको छ । 

जात्राका क्रममा रथ तान्ने बाटो र लिङ्गो उभ्याउने स्थानमा जडान गरिएको सिसी क्यामराबाट प्रहरी परिसर भक्तपुरको सर्वर कक्षबाट त्यहाँका गतिविधि सिधै हेर्न सकिने गरी व्यवस्थापन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा जात्रामा भक्तपुर जिल्ला र काठमाडौँबाट ल्याएको गरी करीब एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएको छ । सादा पोशाकका प्रहरीलाई समेत टुकडी बनाएर ठाउँ ठाउँमा परिचालन गर्ने र घटना घटाउन खोज्नेलाई तत्कालै पक्राउ गर्न सकिने गरी सुरक्षाको व्यवस्थापन गरिएको भनाइ छ । 

मदिरा निषेध 

जात्रामा भक्तपुर नगर क्षेत्रमा मदिरा निषेध गरिने भएको छ । कुनै पनि ब्राण्ड तथा घरेलु मदिरा बिक्री वितरण गर्न र पिउन रोक लगाइने बताउँदै प्रहरी प्रमुख राणाले मदिरा बिक्री वितरण गर्ने र मदिरा खाएर होहाल्ला गर्नेलाई समेत तत्कालै पक्राउ गरी कारवाही गरिने बताउनुभयो । मदिराकै कारण धेरै घटना घट्ने गरेको निष्कर्ष प्रहरीको छ । 

गतवर्ष जात्रामा एकजनाको मृत्यु भएको थियो, चारजना घाइते भएका थिए भने १२ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस