2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

ज्यान मार्ने अभियोगमा झा मोरङबाट पक्राउ

चैत २३ विराटनगर | ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो । 

सोही ठाउँ बस्ने ३० वर्षीया सोनिया मुसहरको ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराउनुभयो । 

गत, फागुन २६ गते मोरङको बेलबारीस्थित भाउन्ने जंगलमा बेहोश अवस्थामा फेला परेकी पीडित महिला सोनियाको उद्धार गरी बिपी कोइराला विज्ञान प्रतिष्ठानमा प्रहरीले भर्ना गरेको थियो । पीडित महिलाको बयानको आधारमा पक्राउमा परेका झाले विवाह गर्छु भनेर पटकपटक शारीरिक सम्बन्ध बनाएको बताएकी छन् । 

आफुले विवाहका लागि दबाब दिँदा झापाको दमकमै बस्ने भनेर भाउन्ने जंगलमा लगेर सन्तोष तामाङको सहयोगमा ज्यान मार्न खोजेको बताउनुभयो । सोनियाको गर्भमा रहेको सात महिनाको बच्चा पेटमै मरेको बताइएको छ । 

झालाई विराटनगर–१३ बाट पक्राउ गरी उनीमाथि ज्यान मार्ने, जबरर्जस्ती करणी र गर्भपतनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो