चन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । 

बेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । 

बेल"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चट्याग लागेर १० महीने बालकको मुत्यु, ५ बाख्रा र एक गोरु मरे

२४ चैत्र २०७४, शनिबार ०९:५०

चन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । 

बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला एक्कासि चट्याग पर्दा रमेश कामिका १० महिने छोरा आयुष कामिको मुत्यु भएको छ भने १६ बर्षिया बहीनी सिता कामी गम्भीर घाईते अबस्थामा रहनु भएको छ । घाईते सिताको अनुहार देखि छाती सम्म जलेकोले अहीले बयालपाटा अस्पतालमा उपचार भईरहेको स्थानिय कृष्ण बहादुर साउदले बताउनु भयो । मुत्यु भएका बच्चाको ढुकढुकी सास पुरै बन्द भएकाले अस्पतालले मृत्यु भएको घोषणा गरेको र उपचारार्थ सिता खतरा मुक्त अबस्थामा रहेको बयालपाटा अस्पातालका मेडिकल निर्देशक डाक्टर बिकास गौचनले बताउनु भयो । 

साथै रमेशको घरको गोठमा बाधिएका ५ बाख्रा यौटा गोरु पनी चट्याग लागेर नै मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । २ तले घर पुरै जलेर नष्ट भईसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपानले बताउनु भयो । उहाँका अनुसार जिल्लामा अन्य हिउदे र नगदेबाली सहीतको क्षतिको विवरण पुरा आईनसेको र सँकलन गर्ने कार्य जारी रहेको बताउनु भयो । बिशेष गरि ढकारी गाउपालिका, चौरपाटी गाउपालिका र मगलसेन नगरपालिका क्षेत्र भित्र बढी क्षति भएको खबर अहीले सम्म प्राप्त भएको उहाँले बताउनु भयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने