२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको मटियर्वामा डोजर चल्यो

२४ चैत्र २०७४, शनिबार १६:१६

राम नारायण पंडित | चैत २४, सिरहा | मिर्चैया नगरपालिकाले सडक मापदण्ड भित्र पर्ने गरी अव्यवस्थित रुपले बनाईएका घरटहरा तथा पर्खाल भत्काउन सुरु गरेको हो । नगरपालिकाले बडा नं. ६ मटियर्वामा सडक फराकिलो गर्ने क्रममा सडकको दाँयाबायाँ तर्फ रहेका घरटहरा भत्काउन डोजर लगाईएको छ । सार्वजनिक सूचना जारी गरेपनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैले घर भत्काउन सुरु गरेका छन् ।


यसअधि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरेपनि स्थानियले बिरोध गरेपछि ३२ फिटमा सहमति भएपछि सोही अनुसार काम भईरहेको बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साहले बताए । पहिलो चरणमा मुनिजी चौकदेखि पशु कार्यालयसम्मका सडकलाई ३२ फिट चौडाई गरी दुवै तर्फ साढे ३ फिटको नाला निर्माण गर्ने योजना रहेको बडा अध्यक्ष साहको भनाई रहेको छ ।

सडक बिस्तार गर्ने क्रममा घरटहरा र पर्खालहरु भत्काईए पनि केहि ठुला संरचना परेकाले सम्बन्धित घरधनीलाई १५ दिनको समय दिईएको बडा नं. ६ का बडा सदस्य दिलिप साहले बताए । सडक बिस्तार कार्य थालनी गरेसँगै मापदण्ड मिचिएका संरचनाहरु भत्काउने क्रम जारी रहेको उनले बताए ।

यहि चैत २१ गतेदेखि सुरु गरिएको कार्य २०७५ जेष्ठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता