२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको एक डेरी उद्योगमा आगलागी, १५ लाख बराबरको क्षति

२६ चैत्र २०७४, सोमबार १०:२०

चैत २६ चितवन | भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको भिजन डेरी उद्योगमा आइतबार राति आगलागी भएको छ । राति करीब ११ बजेको समयमा उद्योगका विद्युतीय सामग्री (आइब्टी र चिलिङ भ्याट) मा विद्युत् चुहावट भई आगलागी भएको जनाइएको छ । 

उद्योगका कर्मचारी, स्थानीय, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट उद्योगको बोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ युनिट, हट रूम र कोल्ड स्टोरपूर्णरुपमा क्षति भएको भिजन डेरी उद्योगका कार्यकारी अध्यक्ष सुरेशचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार उद्योगमा जडित उपकरणहरू पूर्ण स्वचालित रहेको र आगलागीपछि उद्योगका कुनै पनि युनिट चलेको छैन । 

अधिकारीका अनुसार, आगलागीबाट दूध राख्ने क्रेट २५० वटा, दूध र दही प्याकिङ गर्ने प्लाष्टिक चार क्विण्टल जलेर नष्ट भएको छ । सम्पूर्ण हाइकोर विद्युत् लाइन नष्ट भएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुमानमा करीब रु १५ लाखबराबरको क्षति देखिएको र प्राविधिक जाँचपछि सम्पूर्ण क्षतिको विवरण पत्ता लाग्ने छ । 

विगत १६ वर्षदेखि सञ्चालनमा आएको भिजन डेरी उद्योगले राहुल ब्राण्डका दूध, दही, बटर, क्रिम, पनिर, नौनी तथा सुजन ब्राण्डको घिउ उत्पादन गर्दै आएको छ । भिजन डेरीका उत्पादन चितवन, नवलपरासी, गोरखा र तनहुँका बजारमा बिक्री वितरण हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा