२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी महोत्सवः आर्थिकसहित विविध विश्लेषण

२०७४, २७ चैत्र मंगलवार ०७:५७

प्रेम सुनार/चैत्र–२७ गुल्मी। तेश्रो गुल्मी महोत्सवको आयोजक संस्था  गुल्मी उद्योग बाणिज्य संघले महोत्सवबाट अपेक्षित सफलता हाता पारको  दावी गरे  पनि व्यापारिक दृष्टीकोणले हेर्दा जिल्लाबाट ८० प्रतिशत रकम वाहिर गएको आँकलन गर्न थालिएको छ ।


कलकारले मात्रै १५ लाख भन्दा बढि रकम लगेको आँकलन गर्दछन्  महोत्सव मुल समारोह समिति, आर्थिक विभाग प्रमुख अनुपकुमार श्रेष्ठ । रमाईलो मेला तर्फ सरदर दैनिक २ लाख ५० हजारको व्यापार हुने गरेको र आयोजक संस्थालाई १४ लाख भाडा दिएको स्टल विभाग संयोजकक तथा वाणिज्य संघका सचिव विरेन्द्र भुसाल बताउँ छन् ।

उनको आँकलनलाई मध्ये नजर गर्ने हो भने १४ लाखको दोब्बर रकम  जिल्ला बारिह गएको अनुमान गर्न सकिन्छ । २ सय ९० वटा स्टल मध्ये कृषि र  स्थानिय अन्य उत्पादन बाहेक अधिकांस स्टलहरु  जिल्ला बाहिरका थिए ।

करिव ६ करोडको कारोवार भएको प्रारिम्भक आंकलन गर्दछन् महोत्सव मुल समारोह समितिका संयोजक तथा वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे । कलाकार , रमाईलो मेला र उक्त रकम बरावरको व्यापारबाट करिव ८० प्रतिशत रकम जिल्ला वाहिर गएको अनुमान गर्दछन् नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल । 

आज विहानको भेटमा उनको आंकलनलाई समर्थन जनाए वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले ।  प्रचार प्रसारमा ४ लाख ३० हजार अनुमानित वजेट छुट्टार्ईएको थियो प्रचार प्रसार विभाग प्रमुख श्रीप्रसाल भलामी भन्छन् , आंकलन त्यति भए पनि एकिन खर्च विवरण छुट्टाउन भने बाँकी छ ।

आज विहानै देखि खर्च–आम्दानीको विवरण तयार पार्न व्यस्त छन आर्थिक विभाग प्रमुख ईस्वरीप्रसाद पौड्याल । उनि भन्दै थिए खर्च विवरण अवको एक दुई घण्टमा तयार पार्नमा व्यस्त छु एकिन भन्न त सक्दिँन तर मोटामाटी खर्च कटाएर २० देखि २२ लाखको सेरोफेरोमा मुनाफा हुने आँकलन गर्न सकिन्छ ।

स्थानिय कला संस्कृति तथा टिकट व्यवस्थापन समितिका प्रमुख रामप्रसाद पन्थीका अनुसार करिव ६३ हजार टिकट विक्रि भएकोमा ५५ हजार गुल्मेली र बाँकी वाहिरी जिल्लाका मानिसहरुले अवलोकन गरे ।

उनि भन्छन आर्थिक  रुपले मुनाफा भन्दा पनि हामीले जिल्लाको कृषि पर्यटन र कला सस्कृतिको प्रचार प्रसार नै महोत्सवको फाईदा ठानेका छौं । प्रचार प्रसार विभाग प्रमुख भलामी पनि मिडिया मार्फत दैनिक रुपमा गुल्मीलाई संसारभर चिनाउन र यहाँको  उत्पादन, कला संस्कृति चिनाउन पाउनु नै महोत्सवको मुख्य महत्व रहेको बताउँ छन् ।

सरोकारवालाकै शव्दमा समग्रमा प्रत्येक गुल्मेलीले सरदर दैनिक एक हजार रुपैयाँका दरले किनमेल र मनोरञ्जनमा खर्चेर गुल्मीलाई चिनाएका छौं । यहाँको उत्पादन, कृषि र पर्यटन विकासको सम्भावनालाई राज्यको माथील्लो निकाय सम्म पुराएका छौं ।

देशका विभिन्न जिल्लाबाट व्यापारका लागि आएका मानिसहरुबाट अव हामी पनि वाहिरी जिल्लामा हुने महोत्सवमा व्यापार गर्न जानु पर्दछ भन्ने कुरामा प्रोत्साहित गरेका छौं ।

जिल्लाको पर्यटकिय क्षेत्र, सवै जातजातिको मौलिक कला संस्कृतिको  पनि यस अवसरमा ब्यापक प्रचार भएको छ । यस कार्यमा वाणिज्य संघका सवे सदस्य अहोरात्र खटे । सकरात्मक कोणबाट विश्लेषण गर्नु पर्दा आयोजक संस्थाका सकल परिवार निहित स्वार्थ भन्दा माथी उठेर झण्डै एक महिना देखि वेलामा खान–सुत्न  नपाएर खटे , उनिहरु सवै धन्यवादका पात्र हुन् ।

पुरुष बाहिरिएको आभाष पनि दिलाएका छौं

महोत्सवको जमघटले जिल्लाबाट पुरुषहरुको संख्या बाहिरिदै गएको स्पष्ट चित्र पनि उजागार भएको थियो ।

दैनिक रुपमा महिला दर्शकको संख्या करिव ८० प्रतिशत देखिन्थ्यो । कलाकार संगै झुम्ने र आक्रमक ढंगले हुटिङ्ग गर्ने बढि मात्रमा महिलाहरु थिए । यसबाट के बुझ्न सकिन्छ भने  पुरुष बाहिरिए संगै महिलाहरुमा ‘रंग–रस’ मन बुझाउने साथी बनेको छ ।

कतिपय  महिलाहरु पुरुष कलाकारलाई  सांकेतिक चुम्वन दिएको , कलाकार दर्शक दिर्घमा आउँदा समाउन खोजेको  र मादक मुद्रमा एकनासले उसको चेहेरामा हेरेको दृश्य पनि देखियो ।

त्यसो त महिला कलाकारको प्रस्तुतीमा पुरुष दर्शक मनको लड्डु घिउँ संग भने झै चेहरा हेरेर थुक निलि रहेका थिए । पुरुष दर्शकका लागि महिला कलाकार प्रिती आले ,मञ्जु पौड्याल, शोभा त्रिपाठी, सरिता कार्की , सम्झना भण्डारी, सम्झना लामिछाने,  र शान्तिश्री परियार आकर्षणको केन्द्र बने ।

चर्चामा प्रित आले भए पनि संगै नाँच्दा शोभा त्रिपाठीको शैन्दर्यका सामु पिती आले फिका देखिन्थीन । महिला कलाकारका लागि राजेश पायल राई , कमल खत्री  , रामजी खाँड,  प्रमोद खरेल , रमेशराज भट्टराई ,  हेमन्त शर्मा,  राजु ढकाल र बद्रि पंगेनी, खुमन अधिकारी बढि आकर्षणको केन्द्र बनेको पाईन्थ्यो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा