2026-09-18 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बम विष्फोटमा परेका पूर्वसांसद नारायण कार्कीलाई नोबेल मेडिकल कलेजको सहयोग

चैत २७ विराटनगर | विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ रु एक लाख सहयोग गरेको छ । 

अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान्तरण गर्नुभयो । संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा उम्मेदवार कार्की चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कार समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइते हुनुभएको थियो । 

पूर्वसभापति कार्कीको अहिले शिक्षण अस्पताल काठमाडौँमा उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको छ । निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भने पनि समुचित सहयोग नपाइएको गुनासो उहाँको परिवारले गरेको छ । 

चेक हस्तान्तरण समारोहमा काँग्रेस सभापति लिम्बूले काँग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइतेको उपचारमा लाग्नुपर्नेमा जोड दिनुभयो । नोबेल अस्पतालका निर्देशक शर्माले आगामी दिनमा पनि थप सहयोग गरिने दृढता व्यक्त गर्नुभयो । नोबेल अस्पतालले असहाय र गरीबलाई निःशुल्क उपचार सेवा दिने गरेको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई