पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत २८ झापा | </b>वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ । <br></p><p>जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो । </p><p>चट्याङ लागेर बेहोस् बनेका उनलाई स्थानीयवासीले बिर्तामोडस्थित अस्पताल पठाए पनि रातिनै उहाँको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी प्रमुख नेत्र रानाले जानकारी दिनुभयो । रासस</p>

