Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नागले बाटो छेकेर मोटरसाइकलमै बास गरेपछि… ( हेर्नुस् ५ फोटो)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

शंकर के सी | चैत २८, सल्यान । सल्यानको कपुरकोटमा नागले गुडिरहेको मोटरसाइकललाई छेकेर त्यसैमाथी बास गरेपछि नाग देवता भन्दै पुजा र दर्शन गर्नेहरुको भिड लागेको छ । भगवानको स्वरुप भन्दै स्थानीयहरु गएराती देखि नै नागको दर्शन गरिरहेका हुन् । मंगलबार साँझ ७ बजेतीर कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेनलाइ कपुरकोट बजारबाट घरतर्फ मोटरसाइकलमा जानेक्रममा नागले बजार नजीकै बाटो छेकेको थियो ।

त्यसपछि सेन मोटरसाइकलबाट झरेर केहि व्यक्तिलाई सर्पले बाटो छेकेको खबर गरेका थिए । खबर पाएपछि रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यस स्थानमा गएका थिए । शुरुमा यस घटनालाई सामान्य लिइएको थियो ।

तर पछाडी उक्त नाग सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमा चढेर फेरि झर्यो । र फेरि केहि पर रोकिराखेको बजार व्यवस्थापन समितीका अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलमा चढेको थियो । यो समाचार तयार पार्दासम्म नाग मोटरसाइकलमै रहेको छ । मोटरसाइकलको सिटको मुनीतीर बसेको छ ।

अहिले कपुरकोट ५ मा बस्दै आएका जय गुरुदेव बाबा लगायतले पुजा-अर्चना गरिरहेको स्थानीय डिल बहादुर बुढाथोकीले बताएका छन् । स्थानीयहरु रातभर नाग भएको स्थानमा जाग्राम बसेका थिए । उक्त नाग अझै भागेर जनाने र मोटरसाइकलबाट वाहिर निस्केर फेरी मोटरसाइकलमै गएर बस्ने गरेकाले कुदै दैवीय शक्ति भएको भन्दै स्थानीयहरुको भिड लागेको छ । नागको गतीविधिहरु फोटो र भिडियोमा कतीपयले कैद गरेका छन् ।