२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

धुलोमाटोमा रमाउने बालबालिका कलमकापीमा खेल्न थाले

२०७४, २९ चैत्र बिहीबार ०९:२१

नारायण ढुंगाना/चैत २९ चितवन:

‘क’बाट कमल, पानीमा फुल्ने 

‘ख’बाट खरायो, बारीमा डुल्ने 

चितवनको राप्ती नगरपालिका वडा नं ९ लालपुरको डिबी इँटा उद्योगको एउटा झुप्रोमा बुधबार बालबालिका स्वर मिलाउँदै कखरा गाउँदै थिए । सामुन्ने रहेको मोबाइलमा श्रव्यदृष्य हेर्दै लय मिलाउँथे । त्रिपालमा बसेका उनीहरु एउटै तालमा लय र तालमा लरक–लरक ज्यान मर्काउँथे । खैल्दै सिक्ने सिकाइअनुरुप उनीहरु कखरामा भाका हाली–हाली मच्चिन्थे … 


‘ग’बाट गमला, फूल रोप्न जाउँ 

‘घ’बाट घर, हामी बस्ने ठाउँ 

क देखि ज्ञ सम्म र अ, आ सबै श्रव्यदृष्यमै कैद गरिएको थियो । “भिडियो देखायो भने उनीहरुलाई सिक्न रहर जाग्छ, रमाइलो मान्दै सिक्छन्,” शिक्षक रुवी श्रेष्ठले भन्नुभयो – “अहिले उनीहरुलाई सबै कण्ठै भइसक्यो ।” 

भित्ताभरि विभिन्न चित्रका पोष्टरहरु छन् । नेपाली, अंग्रेजीमा लेखेर चित्र प्रदर्शन गरिएको छ । घर पालुवा जनावर, अंग्रेजीमा फूलको नाम, असल बानी, जंगली जनावरका तस्वीरसहितका चित्रहरु छन् । उनीहरुलाई खेल्नका लागि दुई वटा पिङ पनि छन् । पढ्दा पढ्दै अल्छी लागेमा बालबालिका पिङ खेल्न जान्छन् । अनि फेरि लय मिलाउँदै भिडियो हेरेर पढ्न थाल्छन् यसरी… 

‘ङ’बाट ङ्यार–ङ्यार, सुरी गर्छ साथी 

‘च’बाट चरा, उड्छ माथि–माथि 

यसरी उनीहरुलाई सिकाउने काममा सक्रिय हुन्छन्, अनिता वयलकोटी, सुनिता पुन, रुवी श्रेष्ठ र कमला सापकोटा । “यही हो उनीहरुलाई कखरा, एक दुई तीन चार, एबिसिडी सिकाउँछौँ”, अनिता वयलकोटीले भन्नुभयो । उनीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराइन्छ । घर बनाउने, बल खेल्ने गर्छन् बालबालिका । 

तीनदेखि सात वर्षका बालबालिका अहिले इँटा उद्योगभित्रै बनेको प्रारम्भिक बाल सिकाइ शिक्षा केन्द्रमा छन् । करीब आठ महिना उनीहरु यस्तै सिकाइमा रमाउँछन् । त्यसपछि सक्नेहरु विद्यालय जान्छन् । उनीहरु सबै इँटा उद्योगमा काम गर्ने मजदूरका छोराछोरी हुन् । उनीहरुलाई यसरी सिकाइमा सहभागी गराउने काम युथ क्लब नारायणगढले गरेको हो । 

उक्त क्लबको ‘बेटर ब्रिक नेपाल’ परियोजनाका संयोजक रामचन्द्र आचार्य भन्नुहुन्छ, “धुलो र माटोमा खेल्ने बालबालिका अहिले कलम कापीमा खेल्छन् । ‘कखरा’ सिक्न थालेका छन् ।” 

दाङका निर्मला थापा र दिलबहादुर थापाको परिवार बालबच्चा बोकेर इँटा उद्योगका काम गर्न आउनुभएको छ । तीन वर्षका विशाल र सात वर्षका किसन छन् । सिकाइ केन्द्र नहुँदा उनीहरु धुलो र मैलोमा रमाउँथे । अहिले भने सिकाइ केन्द्रमा कखरा सिक्दै छन् । “एउटालाई स्कूलमा हाल्ने हो, अब अर्काे यही सिकाइ केन्द्रमै सिक्छ,” निर्मलाले भन्नुभयो । 

उहाँहरुसँगै काम गर्ने पर्वतबाट आएका राजकुमार शाहीका छोराछोरी सकिरा र साहिल पनि अहिले पढ्दै र सिक्दै छन् । 

पहिले पहिले इँटा उद्योगमा बाल श्रम प्रयोग हुन्थ्यो । अझै पनि कतिपय उद्योगमा बाल श्रम प्रयोग हुँदै आएको छ । तर प्रारम्भिक बाल सिकाइ शिक्षा केन्द्र सञ्चालन भएपछि भने बालमजदूर हटेको बताउनुहुन्छ संयोजक आचार्य । 

युथ क्लबले जिल्लामा रहेका १८ वटा इँटा उद्योगमध्ये पाँच वटामा उक्त कार्यक्रम चलाएको छ जसमा करीब २०० बालबालिका प्रारम्भिक शिक्षा लिँदै छन् । ती इँटा उद्योगमा काम गर्ने ९९७ जना मजदूरका छोराछोरीमध्ये प्रारम्भिक शिक्षा सिक्नेबाहेक ९१ जना बालबालिका अहिले विद्यालयसमेत जान्छन् । 

मुख्यगरी यहाँको खनाल, गणेश, त्रिशूल, मनकामना र डिवी इँटा उद्योगमा सिकाइ केन्द्र सञ्चालित छ । “विसं २०७२ देखि हामीले कार्यक्रम चलाएका हौँ,” आचार्यले भन्नुभयो – “अहिले बालबालिका स्कूल जाने भए ।” उहाँका अनुसार नेपालको १४ जिल्लाका ४० वटा इँटा उद्योगमा यो कार्यक्रम चलेको छ । इँटा उद्योग आफैँले गर्नुपर्ने काम भएकाले उनीहरुलाई नै सहभागी गराएर कार्यक्रम चलाइएको छ । पछि कार्यक्रम नहराओस् भनेर सहभागी गराइएको हो । 

श्रम ऐनमा मजदूरलाई नियुक्ति दिएर काम लगाउनुपर्ने, दुव्र्यवहार गर्न नहुने, बालश्रम हुन नहुने, यौन शोषण हुन नहुने, काम गर्दा सावधानी अपनाउने कुरा उल्लेख छ । यो सबै कुरा उद्योग दर्ता गर्दा नै उल्लेख भएको हुन्छ । तर व्यवहारतः लागू नभएकाले त्यसलाई लागू गराउने प्रयास आफूहरुको रहेको आचार्य बताउनुहुन्छ । 

इँटा उद्योगका सञ्चालक कैलाश दाहाल अहिले विद्यालय पढाउनुपर्छ भन्ने मानसिकता सबैमा आइसकेको प्रतिक्रिया दिनुहुन्छ । आफ्नो उद्योगमा भने यस्तो समस्या नरहेको उहाँको दाबी छ । तर मजदूरको अस्थिरताका कारण बालबालिकाको प्रभावकारी सिकाइमा भने असर परिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा