२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सम्धीद्धारा सम्धीनी कुटीइन्, यसरी भयो घटना…

२०७४, २९ चैत्र बिहीबार १६:१४

प्रेम सुनार | चैत २९, गुल्मी |  गुल्मीको शान्तिपुरमा आफ्नै सम्धीको दादागिरीबाट सम्धीना असुरक्षित भएकी छन् । गएराती चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुर बजारकी ५३ वर्षिया एकल महिला रहेकी सम्धीना धनकुमार थापालाई  सोही वजारका सम्धी थम्मनबहादुर बुढाथोकीले हातपात गरेका छन् ।

दिनभरी माईती घर बसेर साँझ करिव ८ वजेको समयमा घर आएकी बुहारी सुमिना थापाले ढोका बन्द गरेर सुतेकी सासुलाई लात्तीले ढोका हाने खोलेको र पछि वावुलाई फोन गरेर बोलाए पछि सम्धीनालाई जगल्टाउँदै बाहिर निकालेर लात्ती मुड्कीले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शी मायाँ रायमाझीले बताईन् ।

उनले भनिन–‘एक्लै सुतेकी एकल महिला थापालाई उनका सम्धीले कपाल जगल्टाउँदै भुँईमा ढलाएर लात्ती मुढ्कीले कुटेको हामीले नै देखेका हौं, मार्न खोजेको हो ? भनेर हामी कराउन थालेपछि छाडेर हिडेका हुन् ।’


सौ–साँझै वजारमा एकल महिला माथी हातपात हुँदा असुरिक्षत महशुस गरेका छौं ।  पिट्ने व्यक्ति शान्तिपुरका समाज सेवी हुन उनले थपिन समाज सेवीबाटै अशान्ति मच्चाउन पाईन्छ ? आज विहान शान्तिपुर प्रहरीले शान्ति कायम गर्ने प्रयास गरेको थियो ।

तर  दिउँसो घाईते थापाको त्यहाँ उपचार हुन नसकी वुटवल रिफर गरेको बताईन्छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीषक डाक्टरप्रसाद चौधरी संग सम्पर्क राख्दा छलफल कै क्रममा घाईतेलाई वुटवल रिफर गरिएको जानकारी दिए ।  उपचार गरी घाईते महिला फर्किए पछि   जिल्लामा उजरी  दिएमा  कानुन अनुसार कार्वाही प्रकृया अगाडी बढाईने छ’– 

'छोरीको ज्यान जोगाउन गएको हुँ' – बुढाथोकी

कुटपिट आरोपी बुढाथोकी संग सम्पर्क राख्दा आफु सम्धीनालाई कुट्न नगएको उहाँले बुहारी अर्थात मेरी छोरीलाई गाली बेइैजती र कुटपिट गरेको थाहा पाए पछि छोरीको ज्यान  जोगाउन पुगेको जिकीर ।

उनले भने–‘छोरी माईतबाट साँझ सुत्न  घर गएकी थिईन । उहाँले तेरा वाउ आमाले खान दिएनन र ? भन्दै वाउ चकारी चकारी गाली गर्दै ढोका खोल्न मान्नु भएनछ ।  छोरीले मुस्कीलले ढोका खोलेर माथी आफ्नो तलामा जान खोज्दा उहाँले लछार पछार गर्नु भएछ, छोरीले रुँदै फोन गरेपछि म त्यहाँ पुगेको हुँ । म पुग्दा सम्धीनाले मेरी छोरीको गला अठ्याई रहनु भएको थियो । मैले छुटाएर वाहिर ल्याएको मात्र हुँ, त्यसरी कुटेको होईन । छोरी छुट्टिएर बसेकी छन् । ज्वाई विदेश हुनुन्छ ।’

सासुको सधैको कचकचले छोरी सधै पिडित छन् । उहाँले अंश समेत नदिएर ज्वाईले मुद्धा दिनु भएको छ उहाँले पनि त्यसरी अन्याय गर्न त पाईएन नि ? उनले थपे–‘ उहाँ उपचार गरेर फर्किए पछि छलफल गरेर मेलमिलापको प्रयास गरिने छ ।’


तस्वीरमा: उनै घाईते धनकुमारी थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल