२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हिंश्रक जेठाजुबाट बुहारीलाई बचाउन नसकेपछि बन्धक बनाईयो

२०७४, २९ चैत्र बिहीबार १६:४७

प्रेम सुनार | चैत २९, गुल्मी | छिमेकी जिल्ला अर्घाखाँचीमा  एक जना हिंश्रक पुरुषलाई गत चार दिन देखि कोठामा थुनेर बन्धक बनाईएको छ ।  निज जेठाजुले भाई वुहारीलाई रातदिन आक्रमण गर्न थालेको र प्रहरी प्रशासनबाट पनि सुरक्षा नदिएको भन्दै त्यहाँका महिलाहरुले  बुहारीको ज्युधनको रक्षाका लागि  ति जेठाजुलाई गत चार दिनदेखि  कोठामा थुनेको बताए ।

मालारानी गाउँपालिका वडा नम्वर ४ , साविकको खनदह गाविसको बडाचौर निवासी चन्द्रबहादुर खनालले दैनिक जसो आफ्नी भाई बुहारी उमा खनाललाई आक्रमण गर्दै आएपछि स्थानिय महिला सञ्चाल जुटेर निज जेठाजुलाई उनकै घरको कोठामा थुनेर बन्धक बनाएका हुन  ।

केहि महिना अघि वुहारीको रकम र जिन्सी  चोर्ने, जलाईदिने  गरेको विरुद्ध जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा  उजुरी दिए पनि नि माथी सामन्य तारिखमा राखिए पनि कार्वाही नगरी छाडिदिएपछि निज जेठाजुले गाउँभरी नै आतंक मच्चाएको स्थानिय महिला सञ्जालले बताए ।

पिडित भाई वुहारीरुँदै भन्छिन्–‘मैले प्रहरी प्रसा सनबाट पनि न्याय पाउन सकिन , मेरो अस्मीता समेत असुरक्षित हुने देखेर महिला सञ्जाल संग गुहार मागेकी  हुँ ।  उहाँहरुले उनकै घरमा थुनेर बचेकी छु । श्रीमान भारतमा काम गर्ने र अहिले विरामी परेर काठमाण्डौं उपचार गर्दै हुनुहुन्छ ।

जेठाजु ६३  वर्ष उमेरका छन् तर ब्यहोरा राम्रो छैन् । अस्लील शव्द बोल्ने, भाईलाई म तेरी  श्रीमतिसँग बस्छु भन्ने, म आफैलाई पनि सुत्न आईज भन्ने जस्ता अस्लील कुरा गर्छन् । म छुट्टिएर बसेकी छु । म  यति धेरै अशुरक्षित हुँदा पनि प्रहरीबाट सुरक्षा पाईन ।

जेठाजुले उनकै घरमा पनि श्रीमति र परिवारका अन्य सदस्यलाई भागाभाग पार्छन । पानी तताएर अरुको शरिरमा खनाउन खोज्ने , अरुलाई हान्न घर दलान भरी ढुङ्गा थुपारेर राख्ने, हसिया, कोदालो बञ्चरो प्रयोग गर्ने गर्दछन् ।

म मात्र होईन स्थानिय महिलाहरु पनि बाटो-घाटोमा असुरक्षित हुने भएपछि थुनेर राखेका हुन् । जेठाजुले मेरो घर समेत विगार्न आँटेको छ, म कहाँ गएर वसुँ सर ? भन्दै उनले डाँको छाडिन् ।  स्थानिय महिला सञ्जालकी सदस्य कमला बिकले  ति जेठाजुलाई दिमागी समस्या नभएको तर प्रवृद्धि त्यस्तै देखाउँदै आएको बताउँछिन् ।

हामी यहाँका महिलाहरु असरक्षि भयौं  ढोकाबाट निस्कीयो कि ढुङ्गा हान्दै र जथाभावी फलाक्दै हिड्छ उनले भनिन तपाई छिट्टै आई दिनु पर्यो ।  स्थानिय महिलाहरुले दिमागी समस्या ठिक भएको, श्रृगिएर त्यस्तो आतंक मच्चाएको बताए पनि  पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईरालाले निजमा अलिकति दिमागी समस्या हो कि जस्तो लागेको  बताए ।

‘कसैका वाख्रा चोर्ने त कसैको अरु विठ्याँई गर्ने जस्ता कृयाकलाप गरेपछि निजलाई नियन्त्रणमा पनि लिएको हो । पछि अस्पताल लगियो , त्यहाँबाट  वुटवल रिफर गरिएको हो । डाक्टरले पनि मानिसिक विमारी भनेर नलेखे पछि हामीले केहि बोल्न मिलेन उनले भने–‘यदि त्यहाँका महिलाहरु त्यसरी असुरक्षित भएकै भए मैले त्यहाँ गस्ती बढाउन लगाउँ छु भर्खरै ।’

यो समाचार लेख्दा-लेख्दै फेरी फोन गरेर डिएसपी कोईरालाले भने 'मैले खनको ईन्सपेक्टरलाई  त्यहाँ खटाई सकेको छु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस