२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्छः साँसद बोगटी

२९ चैत्र २०७४, बिहीबार १७:०५

कमल रावल | चैत २९, अछाम | अछाम क्षेत्र नम्बर २ प्रतिनिधी सभा साँसद यज्ञ बहादुर बोगटीले अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्ने बताउनु भएको छ । २९ औं शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले आयोजना गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा स्थानीय तहको जिम्मेवारीः सरोकारवालाको भूमिका विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै साँसद बोगटीले आफ्नै स्थानका स्थानिय उत्पादनलाई प्रर्बद्धनमा टेवा पुग्ने भएकाले अगामि सबैको ध्यान त्यस तर्फ हुनु पर्नेमा जोड् दिनु भएको हो । 

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जानकी बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बोगटीले राज्यको पुनःसंरचना संगै अब गुणस्तरीय शिक्षाका लागि जनप्रनिधिमार्फत प्रभावकारी कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । सामुदायिक विद्यालय पनि सुधार हुँदै गएका भन्दै अब जीवन उपयोगी शिक्षाको आवश्यक्ता रहेको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावलले संघीयताको कार्यान्वयन संगै अब शैक्षिक गुणस्तरका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

शैक्षिक क्षेत्रमा पनि अभिभावकको लागनी हुनुपर्ने भन्दै उहाँले लगानी भएको ठाउँमा अपनत्व हुने बताउनु भयो । संघीयता जसरी नी सफल पार्नुपर्ने उहाँको जोड छ । कार्यक्रममा मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले शिक्षा क्षेत्रलाई राज्यले मर्यादित बनाउनु पर्ने भन्दै यसका लागि हरेक शिक्षक पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो । आफु नगरपालिकामा शिक्षा नीति बनाई लागू गर्ने उहाँको भनाई छ । 


यस्तै चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले शिक्षाको गुणस्तर बृद्धिका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकाले शिक्षा नीतिको तर्जुमा गरेको भन्दै शिक्षाको गुणस्तरका लागि लागिपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल शिक्षक महाँसंघ अछामका अध्यक्ष दिप बहादुर कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय पार्षद तथा पूर्व अध्यक्ष नर बहादुर रावल, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई शाखाका प्राविधिक सहायक डम्बर रावल, शिक्षक धन कुमार केसी, पार्वती मावि बान्नातोलीका व्यवस्थापन समिति अध्यक्ष खडक बहादुर बिष्ट, वडा अध्यक्षहरु मान बहादुर बोगटी, पदम भाट, हरी ढुंगाना, जनक भण्डारी, झपट रावल, पत्रकार शिवराज ढुंगाना, पुष्पराज भट्ट, होम साउँद, बिष्णु प्रसाद भण्डारी, टेक बहादुर थापा, नरेन्द्र रावल लगायतले शिक्षाको गुणस्तर बृद्धिका लागि स्थानीय तहले ठोस नीति बनाई कार्यान्वयन गर्नुपर्ने बताउनु भएको थियो । संगठनका उपाध्यक्ष गीता ढुंगानाले स्वागत गर्नु भएको कार्यक्रममा सचिव सर्पराज रिमालले अछामको शैक्षिक अवस्थाका बारेमा जानकारी सहित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला