२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा दुर्घटनामा परि दुईको मृत्यु, नौ घाइते

२ बैशाख २०७५, आईतवार ०३:०३

बैशाख २, रत्ननगर | चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा नौ जना घाइते भएका छन् । 

शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो दुर्घटनामा परी गाडी चालक मकवानपुर हेटौडाका रवीन्द्र स्याङतान, मकवानपुर भीमफेदीका १९ वर्षीय विजय गोले सोही ठाउँका ११ वर्षीय इमास स्याङ्तान र २५ वर्षीया दिविकामाया थिङ घाइते भएका छन् । 

यस्तै अन्य घाइतेमा मकवानपुर भीमफेदीकै २१ वर्षीया पदमा गोले, मकवानपुर बसामाडीकी २४ वर्षीया बीना लामा, मकवानपुर थाहा नगरपालिका–४ की २२ वर्षीया शोभा लामा, मकवानपुर भीमफेदीकी २० वर्षीया सिर्जना गोले र सोही ठाउँकी २० वर्षीया प्रमिला गोले रहेको प्रहरीले जनाएको छ । 

घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ । 

यता चितवनको भरतपुर महानगरपालिका–१० स्थित पुजा फनपार्कमा रहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । 

भरतपुर वडा नम्बर १७ का २० वर्षीय कालु गुरुङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन