2026-08-31 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा दुर्घटनामा परि दुईको मृत्यु, नौ घाइते

बैशाख २, रत्ननगर | चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा नौ जना घाइते भएका छन् । 

शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो दुर्घटनामा परी गाडी चालक मकवानपुर हेटौडाका रवीन्द्र स्याङतान, मकवानपुर भीमफेदीका १९ वर्षीय विजय गोले सोही ठाउँका ११ वर्षीय इमास स्याङ्तान र २५ वर्षीया दिविकामाया थिङ घाइते भएका छन् । 

यस्तै अन्य घाइतेमा मकवानपुर भीमफेदीकै २१ वर्षीया पदमा गोले, मकवानपुर बसामाडीकी २४ वर्षीया बीना लामा, मकवानपुर थाहा नगरपालिका–४ की २२ वर्षीया शोभा लामा, मकवानपुर भीमफेदीकी २० वर्षीया सिर्जना गोले र सोही ठाउँकी २० वर्षीया प्रमिला गोले रहेको प्रहरीले जनाएको छ । 

घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ । 

यता चितवनको भरतपुर महानगरपालिका–१० स्थित पुजा फनपार्कमा रहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । 

भरतपुर वडा नम्बर १७ का २० वर्षीय कालु गुरुङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार