२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

२ बैशाख २०७५, आईतवार ०५:३५

वैशाख २ लहान | केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ । 

‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया गर्ने, प्रचारप्रसार र ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिनुभयो । 

यौनजन्य हिंसाविरुद्ध नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र सडक नाटक प्रदर्शनलगायत कार्यक्रमसमेत गरिने छ । नगर र गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा वडाहरूमा महिलालाई सहभागी गराई ‘जबर्जस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको उहाँको भनाइ छ । 

सिरहामा तीन वर्षयता जबर्जस्ती करणी र करणी प्रयासका घटना बढ्दो छ । चालू आर्थिक वर्षको हालसम्ममा सिरहामा ४६ करणी र करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका छन् । 

गरीबी, अशिक्षा, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, महिलाप्रतिको हेपाहा प्रवृत्ति, लागुऔषध दुव्र्यसन, पीडितलाई आर्थिक प्रलोभन, डरधम्की, खुला सीमा, वैदेशिक रोजगारीलगायत कारण जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरी नायब उपरीक्षक भेटवालको कथन छ । 

घटना हुँदा प्रहरीलाई समयमै जानकारी नआउने र ढिलो गरी प्रहरीमा जानकारी आउँदा कतिपय प्रमाण नष्ट हुने गरेको बताउँदै भेटवालले भन्नुभयो, “अभियानका क्रममा जबर्जस्ती करणी कसरी हुन्छ, भएपछि के गर्ने, दण्ड सजाय के छ, जबर्जस्ती करणीबाट कसरी जोगिने, कस्तो अवस्थामा जबर्जस्ती करणी हुन्छ भन्ने विषयमा सर्वसाधारणमा जनचेतना जगाइनेछ ।” 

वैज्ञानिक साधनस्रोत अभाव, अपराधपछि घटना लुकाउने प्रवृत्ति, पैसाको प्रभाव, झुटा जाहेरी, पीडितलाई पीडक पक्षबाट दवाव दिएर जाहेरी गर्न रोक र अनुचित प्रलोभन घटना अनुसन्धानको मुख्य चुनौती भएकाले यसबारेमा पनि अभियानमा छलफल गरिने भेटवालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान