२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

२०७५, २ बैशाख आईतवार ०५:३५

वैशाख २ लहान | केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ । 

‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया गर्ने, प्रचारप्रसार र ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिनुभयो । 

यौनजन्य हिंसाविरुद्ध नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र सडक नाटक प्रदर्शनलगायत कार्यक्रमसमेत गरिने छ । नगर र गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा वडाहरूमा महिलालाई सहभागी गराई ‘जबर्जस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको उहाँको भनाइ छ । 

सिरहामा तीन वर्षयता जबर्जस्ती करणी र करणी प्रयासका घटना बढ्दो छ । चालू आर्थिक वर्षको हालसम्ममा सिरहामा ४६ करणी र करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका छन् । 

गरीबी, अशिक्षा, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, महिलाप्रतिको हेपाहा प्रवृत्ति, लागुऔषध दुव्र्यसन, पीडितलाई आर्थिक प्रलोभन, डरधम्की, खुला सीमा, वैदेशिक रोजगारीलगायत कारण जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरी नायब उपरीक्षक भेटवालको कथन छ । 

घटना हुँदा प्रहरीलाई समयमै जानकारी नआउने र ढिलो गरी प्रहरीमा जानकारी आउँदा कतिपय प्रमाण नष्ट हुने गरेको बताउँदै भेटवालले भन्नुभयो, “अभियानका क्रममा जबर्जस्ती करणी कसरी हुन्छ, भएपछि के गर्ने, दण्ड सजाय के छ, जबर्जस्ती करणीबाट कसरी जोगिने, कस्तो अवस्थामा जबर्जस्ती करणी हुन्छ भन्ने विषयमा सर्वसाधारणमा जनचेतना जगाइनेछ ।” 

वैज्ञानिक साधनस्रोत अभाव, अपराधपछि घटना लुकाउने प्रवृत्ति, पैसाको प्रभाव, झुटा जाहेरी, पीडितलाई पीडक पक्षबाट दवाव दिएर जाहेरी गर्न रोक र अनुचित प्रलोभन घटना अनुसन्धानको मुख्य चुनौती भएकाले यसबारेमा पनि अभियानमा छलफल गरिने भेटवालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस