२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यपुरथिमिमा हर्षोल्लासका मनाइयो सिन्दूरे जात्रा

२०७५, २ बैशाख आईतवार ०७:०८

रमेश गिरी/वैशाख २ भक्तपुर | बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । 

थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ । बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । शनिबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि जात्रा शुरु भएको थियो । 

जात्रा शुरु भएपछि पमा(जात्रा चलाउने नाइकेका सहयोगी)हरुले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमति लिई बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ । 

थिमिमा ३२ खट सहभागी रथ बोकेर परम्परागत रुपमा मनाइँँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३, बोडेमा सात तथा नगदेश र टिगनीमा एक एक छुट्टाछुट्टै स्थानमा खटजात्राका साथ जात्रा मनाइएको छ । यसमा थिमिका बालकुमारी, दक्षिणवाराही, विष्णुवीर र सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा सिन्दूर खेलिन्छ । 

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरेजात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । 

जात्रामा कायाँ बाजा, भुस्या बाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एकार्कालाई सिन्दूर दल्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणसहित क्वाछें द्यो(देवता), हिचो द्यो, अजिमा द्यो, विष्णुवीर र अन्य देवगणको खट उचालेपछि बालकुमारीको जात्रा शुरु गरिन्छ । 

परम्परानुसार नै देवता लायकू दरबारभित्र पस्न नपाऊन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गण बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याइने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ । 

आजै अपराह्न थिमिको जिब्रो छेड्ने जात्रा शुरु हुँदैछ । बोडेका ४६ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । उनले यसअघि पाँच पटक जिब्रो छेडिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस