2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

वैशाख ३ मोरङ | राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि रु दुई लाख ३४ हजार ९०२ आर्थिक सहयोग गरेको छ । 

आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको राससलगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार आएपछि राजघाट समाज हङकङका अध्यक्ष टीका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको थियो । हङकङबाट पठाइएको उक्त रकम समाजसेवी तेजन खड्काले पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गर्नुभयो । 

हङकङमा समाजका अध्यक्ष टीका लिम्बू, जीवन पोमु लगायतले आर्थिक संकलन गर्नुभएको थियो ।

 आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो, रकम पाएपछि छोरी रेनुकाले भन्नुभयो, “अहिले हजुरहरुको सहयोगले आमाको उपचार भइरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौँ ।” हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच पार्वताको उपचारका लागि उर्लाबारी—९ निवासी समाजसेवी सुन्दर श्रेष्ठले एक हप्ताअघि नगद १० हजार सहयोग गर्नुभएको थियो । करीब १० दिनअघि हङकङबाट याम सेम्बुले अगुवाइ गरेर आफन्त साथीभाइ, शुभेच्छुकबाट नगद दुई लाख र मकाउबाट गीता मगर शेर्पाले नगद ८० हजार र गोपाल थापाले ३१ हजार सहयोग गरिसक्नुभएको छ । देशविदेशबाट पार्वताको उपचारका लागि सहयोग रकम जुटिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो