2026-09-19 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बिक्री गरिएको चिनीमा युरिया मल भेटिएपछि…

वैशाख ३ खोटाङ | दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । 

ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो । 

उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए÷नभएको अनुसन्धान गर्न शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो । पसल तथा गोदाम सिलबन्दीपछि प्रशासनले आइतबार पाण्डेलाई प्रशासनमा झिकाएर बयान लिइएको छ । 

तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने अनुसन्धानपछि मात्र पुष्टी हुने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यदि मिसावट नै भएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ ।” 

एक ग्राहकले चिनीको प्याकेटमा युरिया मिसिएको पाएको गुनासो गरेपछि गोदाम तथा पसल सिलबन्दी गर्नुसाथैका सञ्चालक पाण्डेलाई नियन्त्रणमा लिएर तारिखमा छाडेको थियो । मिसावट भेटिएको भनिएको चिनीको बोरा दुई हप्ताअघि मात्र उदयपुरको कटारीबाट ल्याइएको सञ्चालक पाण्डेले बताएका छन् । 

दिक्तेलस्थित सल्लेरी टोलमा सञ्चालित पाण्डे भेराइटिजको गोदाम र पसलबाट यसअघि पनि उपभोक्ता ठगिएको गुनासो आउने गरेको थियो । पछिल्लो समय उपभोक्ताले प्रशासनलाई दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्नुअघि नै मिल्काउन पठाउन लागिएको तीन बोरा चिनी र ना ५ ख ७१३० नं को ट्रक रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ । 

जिल्लाका सरकारी कार्यालयले सबैभन्दा बढी समान खरिद गर्ने पाण्डे भेराइटिजको पसलबाट गतवर्ष एक उपभोक्तालाई ठगी गरेको उजुरी भन्दै प्रशासनमा उजुरी परेको थियो । उसबेला प्रशासनले पाण्डेलाई सामान्य जरिवाना लिएर छुटकारा दिएको स्रोतले जनाएको छ । 

पाण्डेले कमसल जस्तापातामा गुणस्तरीय चिन्ह लगाएर, कमसल काँटीलाई गुणस्तरीय मूल्य लिएर बिक्री गर्नुका साथै विभिन्न समान खरिद गरेको भ्याट तथा पान बील उपलब्ध गराएर करोडौ ठगी गर्ने गरेको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई