2026-08-31 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

९ महिनामा सवारी दुर्घटनाका कारण चितवनमा मात्रै ९७ जनाको मृत्यु

वैशाख ३ चितवन | चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । 

गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । 

यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार १०० सवारी साधन कारवाही गरेको छ । 

मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै ५९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले रु दुई करोड २४ लाख ५१ हजार राजश्व संकलन गरेको छ । 

गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार २५० सवारी र मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै एक हजार १८६ जनालाई कारवाही गर्दै रु दुई करोड ४५ लाख ६८ हजार ५०० राजश्व संकलन गरेको थियो । 

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमलाई पनि निरन्तर अघि बढाइ रहेको छ । 

चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति, संघसंस्थाको समन्वयमा ३१ भन्दा बढी कार्यक्रम गरेको जनाएको छ । यी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रमुख पन्तले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार