२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले

३ बैशाख २०७५, सोमबार १०:१९

कविता उपाध्याय/वैशाख ३ लिबाङ, रोल्पा | “म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ । मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ…बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आइतबार निकै बिलौना गरिन् । 

यता किशोरले पनि दुवैको सहमतिमा आफूहरु भागेको स्वीकारेका छन् । “उनले पनि मलाई माया गर्थिन् मैले पनि उनलाई माया गर्थें तिमीलाई नपाए म मर्छु भनिन् अब म के गरुँ”, अनि दुवैको सहमतिमा हामी भागेका हौँ”, किशोरले भने । 

जिल्ला सदरमुकामको एक विद्यालयमा कक्षा ११मा अध्ययनरत किशोरी र जिल्ला बाहिरको कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत प्यूठानका २३ वर्षीय किशोर गत चैत २७ गते प्रेम विवाह गर्नका लागि घरबाट भागेका थिए । 

छोरीले १७ वर्षको उमेरमा बिहे गरेर भागेको खबर पाएपछि उनको परिवार विक्षिप्त भयो । निकै खोजतलास भयो तर उनलाई परिवारले फेला पार्न सकेन । अन्तमा सदरमुकामकै आमा समूहद्वारा उनको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी प¥यो । 

उजुरी परेलगत्तै प्रहरीले उनको व्यापक खोजी ग¥यो । अन्तमा ती किशोरकिशोरीलाई केटाकै घरमा प्रहरीले फेला पारेपछि अभिभावकका साथमा जिप्रका रोल्पामा झिकाइयो । 

उनीहरु आएको खबर पाउनासाथ आमा समूहको नेतृत्वमा एकहुल जिप्रका पुग्यो । बाल विवाह भएको हुँदा यो विवाह रद्द गरिनुपर्छ भन्दै किशोरीका अभिभावकले किशोर पक्षसँग माग राखे । 

प्रहरीले बाल विवाह कानूनविपरीत भएको भन्दै कानूनी कारवाहीका लागि प्रक्रिया आगडि बढाउन चाहन्थ्यो तर निवेदनमा बाल विवाह उल्लेख नगरी खोजतलासका लागि अनुरोध गरिएकाले प्रहरीलाई बाल विवाहको मुद्दा चलाउन असहज भयो । 

दुईपक्षबीच व्यापक छलफल पछि उनीहरुका अभिभावकले किशोरकिशोरीले वैधानिक रुपमा विवाह नगरेको हुँदा अभिभावकको जिम्मामा लैजाने निधो गरे । तर किशोरकिशोरी भने सँगै बस्न पाउनु पर्छ भन्दै आफ्नो अडान छोड्दै छोडेनन् । 

सँगै बाँच्नेसँगै मर्ने निधो गरेर घरबाट भागेर हिँडेका किशोरकिशोरीको विवाह रद्द हुने भएपछि उनीहरु डाँको छोडेर रोए पनि तिन्कै भविष्यको चिन्ता गर्दै अभिभावकले २० वर्ष पुगेपछि मात्र विवाह गर्न स्वीकृति दिने भन्दै सम्झाइबुझाइ गरेकाले प्रहरीले पनि दुबैलाई आ–आफ्ना अभिभावको जिम्मा लगायो । उनीहरुको बिलौना तथा रुवावासी देख्दा वरपर उभिएका अन्य व्यक्तिका समेत आँखा रसाएका थिए । छोराछोरीको सुन्दर भविष्यको कामना गर्दै दुवैका अभिभावकले रुवावासीका बीच उनीहरुकोे बिछोड गराउन बाध्य भएको बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढाका अनुसार यसअघिका दुईवटा बाल विवाहका घटनाउपर मुद्दा दर्ता भई रोल्पा जिल्ला अदालतले कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको छ तर यसपटक भने वैधानिक रुपमा विवाह नभएको हुँदा दुवैका अभिभावकले आ–आफ्ना छोराछोरी फिर्ता लगेका हुन् । दुवैले विश्वास बचाएर राख्न सके उच्च शिक्षा हासिल गरी २० वर्षपछि परिवारको मञ्जुरीमा विवाह गर्न सकिने दुवै पक्षका अभिभावकले बताएका छन् । 

उक्त अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार यो घटनाबारे आफूलाई कुनै किसिमको जानकारी नभए पनि कानूनले बाल विवाह बर्जित गरेको हुँदा बाल विवाह गर्न पाइँदैन । बाल विवाहले शारीरिक तथा मानसिक रुपमा असर पु¥याउने भएकाले बाल विवाह गर्ने तथा गराउनेलाई कानूनी कारवाही हुनुपर्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की