Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०४ गते, बिहान ११:१२ बजे खोटाङ्ग - KTG, समाज

आगलागीमा तीन वर्षिय वालकको मृत्यू

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चिसाङ शेर्पा | बैशाख ४, खोटाङ | खोटाङमा आगलागीमा परि एक वालकको ज्यान गएको छ । सोमबार विहान घरमा लागेको आगोमा परेर दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नं–४ बतासेका शेरबहादुर राईको तीन वर्षिय छोरा हिटलर राईको ज्यान गएको हो ।&nbsp;<br></p><p>आगोमा परेर गम्भिर घाईते भएका राईलाई उपचारको लागि धरानतर्फ लैजादै गर्दा उदयपुरको पोखरी भन्ने ठाँउमा पुग्दा बाटैमा ज्यान गएको दिप्रुङ–चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिनुभयो ।&nbsp;</p><p>घरमा कोही नभएको वेला मृतक वालकले लाईटर चलाउँनेक्रममा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक चन्द्रभूषण यादवलले जानकारी दिए । आगलागीमा मतान, काठपात र केही भाडाकुडा जल्दा २ लाखको क्षति भएको प्रहरीले जनाएको छ । मतानको माथिल्लो तल्लामा मान्छे बस्ने गरेकाले आगलागीमा वालक परेको हो ।&nbsp;</p>