Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

२०७५, ४ बैशाख मंगलवार १०:२१

वैशाख ४ सुरुङ्गा, झापा | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ । 

वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पँहुचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको तथ्यांक छ । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी भर्ना कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलो पटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यस पटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता भइरहेको छ । 

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारामा आयोजित पर्यटन महोत्सवका अवसरमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण शुभारम्भ गर्नुभएको थियो । यससँगै यस वर्षको देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको हो । 

विसं २०६१ देखि शुरु भएको विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा काम शुरु गरेका छन् । झापामा पनि अभियानस्वरुप विद्यार्थी भर्ना कार्यक्रम शुरु गरिएको छ । उपजिल्ला शिक्षा अधिकारी रामप्रसाद ढुंगेलका अनुसार जिल्लामा प्राथमिक तहका विद्यालय उमेर समूहका अझैं ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालयसहित झापाका आठ नगरपालिका र सात गाउँपालिकाले अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका छन् । 

साविक टाघनडुब्बा– ८ स्थित नमूना प्राथमिक विद्यालय अहिले झापा गाउँपालिका– ३ मा पर्छ । हरेक दृष्टिकोणले पछि परेको सो ठाउँका सर्वसाधारण शैक्षिक दृष्टिकोणले समेत अझैं पछि छन् । झापा गाउँपालिका–३ मा पर्ने गैरीगाउँमा कोच आदिवासी समुदायसहित सीमान्तकृत, अल्पसंख्यक र लोपोन्मुख समुदायको बसोवास छ । यस ठाउँका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन् । 

विद्यालय बाहिरका बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउन झापा गाउँपालिकाले विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा गाउँपालिकाले नमूना प्राविका विद्यार्थी भर्ना कार्यक्रम सोमवारदेखि शुरु गरेको विद्यालयका प्रधानाध्यापक कमला विश्वकर्माले बताउनुभयो । 

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले अलका उराँव र गणेश उराँवका छोरा राजलाई नमूना प्राविमा भर्ना गर्दै अभियानको उद्घाटन गर्दै उनलाई विद्यालय पोशाक, पाठ्यसामग्रीसमेत प्रदान गर्नुभयो । 

सरकारले अभियानस्वरुप देशभर विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको आरोप छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसक्नुमा समयनुकूल पाठ्यक्रम परिमार्जन नहुनु शिक्षकको ठम्याइ छ । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो कम हुनु र विद्यालय र अभिभावकबीच समन्वयको कमीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको झापा गाउँपालिका– २ का वडाध्यक्ष नेत्र खड्काको बुझाइ छ । 

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि झापा गाउँपालिकाले अंग्रेजी माध्यमलाई निरन्तरता दिएको टाघनडुब्बा स्रोत केन्द्रका स्रोत व्यक्ति खड्गप्रसाद खरेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ