२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

२०७५, ६ बैशाख बिहीबार ०९:५०

वैशाख ६ भक्तपुर | भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २:१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढँुगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१० कमलविनायक बस्ने २३ वर्षीय मनिष मकाजु, ३१ वर्षीय सुनिल गुरुङ, भक्तपुर–४ बस्ने १८ वर्षीय मनिष छुकाँ, १८ वर्षीय सन्नी छुकाँ, २८ वर्षीय अर्जुन गपी, २२ वर्षीय लम्मीप्रसाद दुवाल, भक्तपुर–५ इताछें बस्ने २६ वर्षीय सुरेन्द्र देशेमरु, १८ वर्षीय सशिस पन्च र भक्तपुर–३ नासमना बस्ने ३८ वर्षीय सबिन श्रेष्ठ रहेका छन् । 

त्यस्तै, जात्रामा हतियारसहित सहभागी भएर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले भक्तपुर–४ सुकुलढोका बस्ने १८ वर्षीय साजन माक र सूर्यविनायक नपा–६ बस्ने १६ वर्षीय समन भेलेलाई खुकुरी र हातमा लगाउने औँठी जस्तो नोकसमेत लिई जात्रा अशान्त बनाउन खोजेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी राख्दै कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस