२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार बुँदे सहमति पश्चात खुल्यो सिराहाको बिडी कलेजको ताला

२०७५, ६ बैशाख बिहीबार ११:०६

राम नारायण पंडित/बैशाख ६ सिरहा। ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयामा बिद्यार्थीहरुले लामो समयदेखि गरेको तालाबन्दी खुलेको छ । कलेज प्रशासन, बिद्यार्थी, स्थानिय सरकारबिच चार बुँदे सहमति भएपछि बिद्यार्थीहरुले आज (विहिवार) ताला खोलेका छन् । 

कलेजका निमित्त प्रमुख उमेश साहले शौक्षिक व्यवस्थापन, कलेज व्यवस्थापन समिति गठन, स्टाप मिटिङ्ग गरी खाता संचालन गर्ने र लामो समयदेखि बन्द रहेको पठनपाठन नियमित सुचारु गर्ने प्रतिबद्धता गरेपछि बिद्यार्थीहरुले तालाबन्दी खोलेका हुन् । 

यसअघिका कलेज प्रमुख नियमित रुपमा पठनपाठन नगराएको, एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भविष्यमाथी खेलबाड गरेको, कलेजको शैक्षिक, आर्थिक, प्रशासकिय क्षेत्रमा अनियमितता गरेको, विषयगत शिक्षक बिना नै अध्ययन गर्न बाध्य बनाएको बिद्यार्थीहरुले आरोप लगाउदै कलेजमा तालाबन्दी गरेका थिए । 

ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको संचालक समितिको २०७४ पुस १२ गतेको निर्णय अनुसार कलेज प्रमुख संजय कुमार साहले आर्थिक कारोबार व्यवस्थापन समितिको निर्णय विपरित मानोमानी ढंगले गरी आर्थिक अनियमितता गरेको, बिना बिज्ञापन आफ्नै अनुकुल शिक्षक भर्ना गरेको, आयव्यय पारदर्शी नगरी समितिको जानकारी बिना लेखापरिक्षण गराएको, कलेजमा कार्यरत कर्मचारीहरुलाई १६ महिनादेखि तलब उपलब्ध नगराएको, कलेजको भबन निर्माणका लागि आएको अनुदान रकम मनोपोली ढंगले खर्च गरेको, ब्यक्तिगत स्वार्थका लागि कलेजको सम्बन्धित निकायहरुमा फर्जी कागजातको प्रयोग गरेको  भन्दै निज प्रमुख साहलाई कारबाही गरी उप–प्रध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि प्रमुख संजय कुमार साहले दायर गरेको रिट निबेदन उच्च अदालत जनकपुर राजबिराज ईजलासले २०७४ चैत २५ गते  खारेज गरेको कलेजले जनाएको छ ।

नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका थिए । लामो समयदेखि तालाबन्दी हुँदा कलेजमा अध्यनरत करीब ४ सय बिद्यार्थीको भबिष्य अन्धकारमा धकेलिएको थियो ।

मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको अध्यक्षतामा भएको बैठकमा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, कलेजका निमित प्रमुख उमेश साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्य, कलेजका संस्थापक अध्यक्ष हरीकिशोर महतो, बिद्यार्थी, स्थानियबासी, बुद्धिजिबी, शिक्षापे्रमी, राजनितिकर्मी लगायत बिभिन्न क्षेत्रका उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस