पाँचथर,वैशाख ५


जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


पाँचथर,वैशाख ५


जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि"/>

2026-11-02 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

जिल्ला अस्पताल पाँचथरमा चिकित्सकीय सीप प्रयोगशाला शुरु

पाँचथर,वैशाख ५

जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि रहोस भन्ने उदेश्यका साथ वन हर्ट वल्र्ड वाइड को आर्थिक, प्राविधिकतथा उपकरणिय सहयोग तथाजिल्ला स्वास्थ्य कार्यालय पाँचथरको समन्वयमा बिहिबार बाट चिकित्सकीय सीपप्रयोगशाला (Clinical Skill Lab) स्थापना गरिएको छ । 

प्रयोगशालाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर उर्मिलाप्रधान श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै उहाँले यो कार्यक्रम अ न्यन्तै राम्रो भएको हुँदा यस्तो कार्यक्रम जिल्लामा रहेका अन्य बर्थिङ सेन्टरमा लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।

अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखजिल्ला अधिकारी प्रकाशअधिकारी,जिल्ला स्वास्थ्यकार्यालका निमित्त प्रमुख डाक्टर भूपाल श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रम संचालन जिल्ला स्वास्थ्य कार्यालय ,परिवार नियोजनशाखाका स्रोत व्यक्ति  मचिन्द्र बस्नेतले गर्नु भएको थियो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजना तथा वन हर्ट वल्र्ड वाइड पाँचथरको आर्थिक तथाप्राविधिक सहयोगमा तीन दिने अन साइट कोचिङ मेन्टरिङकार्यक्रमको पनि आजैबाट शुरु गरिएको छ । 

गुणस्तरीय प्रसुती सेवा सुनिश्चतगर्न तथा जटिलता ब्यवस्थापन गर्नका लागि अन साइट कोचिङ मेन्टरिङ विधी मार्फत जिल्ला अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वन हर्ट वल्र्ड वाइड पाँचथरका जिल्ला संयोजक निलेश कुमार प्रवानाले जानकारी दिनुभयो ।

 जिल्ला अस्पताल पाँचथरका १४ जनानर्सिङ स्टाफहरुको सहभागिता रहेको छ । थापाथली प्रसुती अस्पताल काठमान्डौँमा लामो समय देखि कार्यरत तथा अनुभवि दक्ष प्रसुतीकर्ता तालिमप ्रशिक्षक मैया मानन्धरको प्रत्यक्ष निगरानीमा जिल्ला स्तरीयक्लिनिकल मेन्टर लक्ष्मीचौधरी र लक्ष्मीजोशीले तीनदिने अन साइट कोचिङ मेन्टरिङ कार्यक्रम गर्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द