2026-08-31 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ–मुग्लिन सडकखण्ड: सहज बन्दै जाँदा दुर्घटना पनि बढ्दै

नारायण अधिकारी/वैशाख ७ चितवन | नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । 

विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चांैडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चांैडा सडक अहिले बनेको छ । 

खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् । नारायणगढ मुग्लिन सडकखण्डमा यस आर्थिक वर्षको साउन महिनामा एक सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो । भदौ महिनामा दुर्घटना भएको थिएन भने असोजमा एक दुर्घटनामा एकको मृत्यु भएको थियो । 

कात्तिक महिनामा ६ दुर्घटना हुँदा एकको मृत्यु र एकजना घाइते भएका थिए । मंसिरमा दुई दुर्घटनामा परी एकको मृत्यु र एकजना घाइते भएका थिए । पुसमा दुई दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका थिए । 

पछिल्ला समय सडक सहज बनेसँगै दुर्घटनाको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । माघ महिनामा सो सडक खण्डमा चार वटा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो भने, एकजना घाइते भएका थिए । फागुन महिनामा ६ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । भने ३० जना घाइते भएका थिए । चैत महिनामा आठवटा दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तकाअनुसार जब सडकयात्रा सहज हुँदै गयो तब दुर्घटना बढेको देखिन्छ । सो सडक खण्डमा कालोपत्रे गर्ने काम माघ महिनाबाट तीव्र गतिमा अगाडि बढेको थियो । त्यही महिनाबाट सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ । 

सडक निर्माणको क्रममा सडकमा संकेत कम भएको र सवारी चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख पन्तले बताउनुभयो । ‘सडक र सडक किनारामा हुनुपर्ने ट्राफिक संकेत नहुँदा जथाभावी सवारी चलाउँदा पनि दुर्घटना बढेको पाइन्छ,’ उहाँले भन्नुभयो । 

बाटो सहज बन्दै जाँदा दुर्घटना बढेको देखिन्छ, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले भन्नुभयो, “बाटो सहज छ भन्दैमा हतारमा सवारी चलाइदिने गर्नाले दुर्घटना बढेको हो ।” 

पछिल्ला दुई महिनामा सडक दुर्घटना बढेपछि आयोजनाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सचेतनाको कार्यक्रम सञ्चालन गर्न लागेको खनालले जानकारी दिनुभयो । 

“पहिला सडकमा खाल्डाखुल्डी हुँदा कम दुर्घटना भएको थियो, अहिले ३३ दशमलव २ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भएकाले सडकमा सवारी चालकले अनियन्त्रित रुपमा सवारी चलाई दिँदा दुर्घटना बढ्ेको पाईन्छ,” खनालले भन्नुभयो । आयोजनाले नियन्त्रित रुपमा र लाइनमा सवारी चलाउन सचेतना कार्यक्रम चलाउन शुुरु गरेको उहाँले बताउनुभयो । 

सडक बने पनि पुल नबन्दा सवारी जाम हुने र दुर्घटना बढ्ने समस्या देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार