२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

२०७५, ७ बैशाख शुक्रबार ०७:२२

भक्तपुर, ७ वैशाख | भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ । 

आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो रहेको बताइएको छ । 

विद्यालयदेखि नै विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो । 

नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय पाठ्यक्रम निर्माण कार्य दलले निर्माण गरेको पाठ्यक्रम नगरभित्रका विद्यालयमा यसै शैक्षिक शत्रदेखि लागू गरिएको जानकारी दिनुभयो । 

भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको उल्लेख गर्दै प्रमुख प्रजापतिले आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन र स्थानीय पाठ्यक्रम निर्माण गर्ने विषयमा भक्तपुर अगाडि रहेको बताउनुभयो । 

पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले भक्तपुरको पहिचानलाई कायम राख्दै स्थानीय ज्ञान, सीप र धारणालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रमले निकै सहयोग पु¥याउने बताउनुभयो । 

पाठ्यक्रम निर्माणको क्रममा कार्यदलले ख्वपको नामकरण र भूबनोट, ख्वपको इतिहास, स्थानीय जातजाति, व्यक्तित्व र जनसंख्या, स्थानीय संस्कृति, प्रचलित स्थानीय संस्कार, स्थानीय बोलचाली र लिपी, स्थानीय सम्पदा र कला, स्थानीय व्यवसाय, स्थानीय उपचार विधि, स्थानीय खेल र पर्यटन गरी ११ वटा विषय समेटेर पाठ्यक्रम निर्माण गरेको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस