2026-09-19 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा तोकिएको समयबाहेक गुड्ने यातायातलाई कारबाही गरिने

वैशाख ७ झापा | स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएको छ । 

नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण तथा दैनिक जनजीवनमा असर पर्न गएको गुनासो नगरवासीले गरेपछि नगर बोर्डको गत फागुन २७ गते सम्पन्न बैठकले गत मंगलबारदेखि लागू हुनेगरी सो सडकमा बिहान ९ देखि १० बजेसम्म, दिउँसो ३:३० देखि ४:३० बजेसम्म र राति ९ देखि बिहान ५ बजेसम्म त्यस्ता ढुवानी गर्ने सवारी साधन गुड्न रोक लगाएको हो । 

नगरपालिकाका मुख्य सडक 

नगरपालिकाको तथ्यांक अनुसार बिर्तामोड–महानन्दचोक–शनिश्चरे–जयपुर सडक, बिर्तामोड–शनिश्चरे–खुदुनावारी सडक, चारपाने–ओमचोक–नारायणचोक–हात्तीकिल्ला–बरडाँडा–बुधबारे सडक, लक्ष्मीपुर–पानीकल–रातेखाल–तामाङचोक–मदनपुर सडक र दुर्गापारी–दानाबारी सडकलाई मुख्य सडक मानिएको छ । 

यसैबीच शनिश्चरे प्रहरी चौकीका सुरेशकुमार संग्रौला र ट्राफिक बिट प्रमुख प्रहरी हबल्दार दलबहादुर खत्रीको संयुक्त जाँच टोलीले आज १७ वटा ट्रिपर तथा ट्र्याक्टर नियन्त्रणमा लिइएको चौकीका प्रमुख संग्रौलाले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिइएका ती साधनलाई पहिलोपटक सचेत गराई छोडिएको र फेरी निषेध गरिएको समयमा चलाएको नगरपालिकासँगको समन्वयमा कारबाही गरिने हवल्दार खत्रीले बताउनुभयो । 

यता अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सो निर्णय कार्यान्वयन गर्न आफू लाग्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ