2026-09-08 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कार्प मकवानपुर र तङ ईल मो दो मार्सल आर्टमा सहभागी युवाले गरे वृद्धाश्रमलाई सहयोग

मकवानपुर, ७ बैशाख । पछिल्लो समय मकवानपुरमा विशेष गरि युवालाई नैतिकवान बनाउने तथा युवा विचलनलाई रोक्न अग्रसर युवाहरुको संस्था सिद्दान्त अनुसन्धान महाविद्यालय संघ (कार्प) मकवानपुर शाखाले सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । संस्थाले शुक्रबार तङ ईल मो दो एकीकृत मार्सल आर्टको १२० दिने तालिममा सहभागी युवाहरुसँग मिलेर हेटौँडा २ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा सहयोग गरेका छन् ।

सहयोगी टोलीले २ बोरा चामल, १ कार्टुन तेल, २ कार्टुन चाउचाउ र फ्रुटी १ कार्टुन सहयोग गरेका हुन् । आज एक कार्यक्रमकाबिच कार्प मकवानपुरका संयोजक सुवाश लामाले ओम वद्धाश्रम संचालक समितिका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहभागी युवाहरुकामाझ सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले युवाहरुको सहयोगी कार्यमा लागेको भन्दै खुशी व्यक्त गरेका छन् । आफुहरुले सकेको सहयोग गर्न पाउँदा निकै नै खुशी लागेको युवाहरुले बताएका छन् । युवाहरुको नेतृत्व गर्दै सामाजिक कार्यमा आगामी दिनमा पनि आफुहरु एकजुट भएर अघि बढ्ने संयोजक लामाले बताएका छन् ।

यस अघि नै कार्प मकवानपुरसँग आवद्ध युवाहरुले कार्प मकवानपुरको आयोजनामा सञ्चालित ५ दिने सेमिनारमा सहभागी युवाहरुको समूहसँग मिलेर मामाघर नेपालमा खाद्यान्न सयोग गरेका थिए । कार्प मकवानपुरले युवावर्गमा भएका विभिन्न विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवं सेवामूलक विविध कार्यक्रम, सेमिनार र गोष्ठी  देशव्यापी रुपमा संचालन गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग