२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पनौतीको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङ गरिने

९ बैशाख २०७५, आईतवार ०९:१०

वैशाख ९ बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । 

पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । 

प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको महोत्सव मूलसमारोह समितिले जनाएको छ । 

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले पोखराको वैकल्पिक क्षेत्रको रुपमा गुर्दुम डाँडालाई प्रयोगमा ल्याउन र पनौतीको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सो उडान गर्न लागिएको बताउनुभयो । 

“पोखराको प्याराग्लाइडिङ व्यवसायीहरुले विकल्प खोजीरहेको अवस्थामा बिहावर क्षेत्र वैकल्पिक ठाउँ बन्नसक्छ, त्यसका लागि पनि यो महोत्सवले थप टेवा पु¥याउने छ” उहाँले भन्नुभयो,“उक्त डाँडाबाट उडेको प्याराग्लाइडिङ कुशादेवीमा ओह्रालिनेछ । यसअघि पनि सो डाँडामा प्याराग्लाइडिङ उडानको परीक्षण गरिए पनि अनुमति दिइएको थिएन । अहिले भने अनुमति सहितको उडान गर्न लागिएको हो ।” 

पर्यटकीय र कृषिको सम्भावना बोकेको कुशादेवी बिहावर क्षेत्र पनौती बजारबाट करीब चार किलोमिटर दक्षिण–पश्चिम पर्दछ । स्थानीय कला र संस्कृतिको प्रवद्र्धन र अगान्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको सो महोत्सव यही बैशाख १५ देखि १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

महोत्सवमा प्याराग्लाइडिङ, साइक्लिङ र हाफम्याराथुनलगायतका आकर्षण हुनेछ । महोत्सवमा रु ५० लाख खर्च हुने अनुमान गरिएको छ । 

महोत्सवमा दुग्धजन्य पदार्थको व्यापार गर्नुकासाथै प्रत्येक घर–घरलाई महोत्सवमय गराउने तयारी भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य