२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पनौतीको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङ गरिने

२०७५, ९ बैशाख आईतवार ०९:१०

वैशाख ९ बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । 

पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । 

प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको महोत्सव मूलसमारोह समितिले जनाएको छ । 

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले पोखराको वैकल्पिक क्षेत्रको रुपमा गुर्दुम डाँडालाई प्रयोगमा ल्याउन र पनौतीको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सो उडान गर्न लागिएको बताउनुभयो । 

“पोखराको प्याराग्लाइडिङ व्यवसायीहरुले विकल्प खोजीरहेको अवस्थामा बिहावर क्षेत्र वैकल्पिक ठाउँ बन्नसक्छ, त्यसका लागि पनि यो महोत्सवले थप टेवा पु¥याउने छ” उहाँले भन्नुभयो,“उक्त डाँडाबाट उडेको प्याराग्लाइडिङ कुशादेवीमा ओह्रालिनेछ । यसअघि पनि सो डाँडामा प्याराग्लाइडिङ उडानको परीक्षण गरिए पनि अनुमति दिइएको थिएन । अहिले भने अनुमति सहितको उडान गर्न लागिएको हो ।” 

पर्यटकीय र कृषिको सम्भावना बोकेको कुशादेवी बिहावर क्षेत्र पनौती बजारबाट करीब चार किलोमिटर दक्षिण–पश्चिम पर्दछ । स्थानीय कला र संस्कृतिको प्रवद्र्धन र अगान्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको सो महोत्सव यही बैशाख १५ देखि १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

महोत्सवमा प्याराग्लाइडिङ, साइक्लिङ र हाफम्याराथुनलगायतका आकर्षण हुनेछ । महोत्सवमा रु ५० लाख खर्च हुने अनुमान गरिएको छ । 

महोत्सवमा दुग्धजन्य पदार्थको व्यापार गर्नुकासाथै प्रत्येक घर–घरलाई महोत्सवमय गराउने तयारी भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस