2026-08-26 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मुल्यसुचि नै राख्दैनन् स्टेशनरी व्यवसायी

चिसाङ शेर्पा/बैशाख÷९ खोटाङ | दिक्तेलका स्टेशनरी पसलहरुले मुल्यसुचि नराख्ने गरेको पाईएको छ । पसलमा निजि पुस्तकहरुको मुल्यसुचि आम सर्वसाधरणले देख्नेगरी राखिनुपर्नेमा स्टेसनरी सञ्चालकले बेवास्ता गर्दै मुल्यसुचि नराख्ने गरेको हो ।

शिक्षा विकास समन्वय इकाइ, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आईतबार दिक्तेलबजारका स्टेशनरी पसलको अनुगमन गर्दा सैंजु पुस्तक पसल बाहेक अन्य कुनैपनि स्टेशनरी पसलले मुल्यसुचि नराखेको पाईएको हो । न्यु शाक्य पुस्तक पसल, श्रेष्ठ बुक एण्ड स्टेशनरी, कविता वुक्स एण्ड स्टेशनरी, पूर्वाञ्चल वुक्स एण्ड स्टेशनरी सप्लार्यसले निजि पाठ्यपुस्तकको मुल्यसूचि नराखेको शिक्षा विकास समन्वय इकाइ शाखा अधिकृत ठाकुर दाहालले बताए । 

अनुगमन गरेका ५ वटा स्टेशनरीले आफ्नो पसल नविकरण, स्थायी लेखा नम्बर भए पनि लेखा परिक्षण भने आफैले नगरेको पाईएको छ । आफ्नो कारोवारको सम्पुर्ण लेखा परिक्षण उधोग वाणिज्यसंघले गरिदिने गरेको सैजु पुस्तक पसलका सञ्चालक उत्सब सैंजुले जानकारी दिए । मुल्यसुचि पुस्तकमै हुने र झन्झटिलो हुने भएको भन्दै व्यापारीले मुल्ससुचि नराखेको बताएका छन् । 

अनुगमन टोलीले दिक्तेलबजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, समता स्कुल र दिक्तेल ईङ्लिस बोर्डिङ स्कुलको समेत अनुगमन गरेको थियो । दुई बोर्डिङको स्थायी लेखा नम्बर, कम्पनी रजिस्ट्रर, शिक्षक तलब स्केल, सञ्चालक समिति नामावली, विधार्थी भर्ना, बिल, भपाई, शिक्षक नियुक्ती पत्र लगायतको अनुगमन गरेको थियो । समता स्कुलका हकमा भने सञ्चालक समिति नरहेको र संस्थापक बाहिर रहेकाले सामान्य सोधपुछ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग