2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बम विस्फोटन गराएको अभियोगमा मोरङबाट दुई पक्राउ

वैशाख १० विराटनगर | विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हुन् । 

वैशाख ३ गते बेलुकी ८:१५ बजेको समयमा विराटनगर–१३ स्थित सो कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा उनीहरुले बम विस्फोट गराएको बताइएको छ । 

विस्फोटनबाट सो सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति भएको थियो । साथै सो विस्फोटन भएको स्थानको नजिकमा रहेको देवकान्त झाको घरको झ्यालको सिसाको तोडफोडमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराउनुभयो । ती दुवै जनाको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो