२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सवारी दुर्घटना: एकको मृत्यु, १९ घाइते

११ बैशाख २०७५, मंगलवार ०५:३५

वैशाख ११ चितवन | नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा ठक्कर खाँदा सहचालक तिमल्सिनाको मृत्यु भएको हो भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनाका कारण सडक एकतर्फ मात्र सञ्चालनमा छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा