२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

११ बैशाख २०७५, मंगलवार ०७:३४

वैशाख ११ भक्तपुर | यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् । नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्टु«मेण्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त निर्देशनबमोजिम परीक्षा सञ्चालन गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् । 

कार्यक्रममा प्रजिअ एवं जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरेर भक्तपुरमा कक्षा ११ र १२ को परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौँंका प्रमुख जंगबहादुर अर्यालले परीक्षाको आचारसंहिता पूर्णरुपमा पालना गर्दै काम गर्न आग्रह गर्नुभयो । 

जिल्ला शिक्षा विकास तथा समन्वय समितिका प्रमुख अर्जुन रायमाझीले नयाँ संरचनामा सबैको चासो रहने कक्षा ११ र १२ को परीक्षा थप मर्यादित बनाउन सरोकार भएका सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य