२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको उग्रतारा मन्दिरमा वेद विद्याश्रम सञ्चालन

२०७५, ११ बैशाख मंगलवार ०८:२९

वैशाख ११ डडेल्धुरा | डडेल्धुरा जिल्लामै पहिलो पटक हिन्दू धर्मको जगेर्ना गनेृ उद्देश्यले उग्रतारा वेद विद्याश्रम खोलिएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ स्थित सुदूरपश्चिमकै महाशक्ति पीठका रुपमा रहेको प्रसिद्ध उग्रतारा भगवती मन्दिर परिसरमा रहेको धर्मशालामा वेद विद्याश्रम खोलिएको हो । 

सरकारको भर्ना अभियान सँगसँगै नयाँ शैक्षिकसत्र २०७५ का लागि कक्षा ६ मा २० बालकलाई भर्ना गरिने उग्रतारा वेद विद्याश्रमले जनाएको छ । 

सामुदायिक विद्यालयका नेपाली, अंग्रेजी, गणित र सामाजिक पाठ्यपुस्तकसँगै अन्य चार वटा वेद, व्याकरण, संस्कृतिलगायत आठ वटा विषयमा अध्यापन गराइने उग्रतारा क्षेत्र विकास समिति तथा उग्रतारा वेद विद्याश्रमका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो । 

उग्रतारा मन्दिरको धर्मशालाका छ वटा कोठामध्ये दुईमा पठनपाठन गराइने र चार कोठामा आवासको व्यवस्था गरिने भएको छ । 

आश्रमका अध्यक्ष साँकीका अनुसार आन्तरिक व्यवस्थापनको समस्याका कारण यो वर्ष २० जनाको मात्रै कोटा राखिएकामा अहिलेसम्म १६ विद्यार्थी भर्ना भइसकेका छन् । हालसम्म डडेल्धुरा, बैतडी र डोटीबाट ब्राह्मण जातिका बालक भर्ना हुन आएका छन् । 

पहिलो वर्षमा शास्त्री पास गरेका एकजना स्थानीय र बाँकी विषयगत शिक्षक नियुक्त गरिने सरकारी विद्यालय समान मान्यता प्राप्त सो विद्यालयमा वैशाख २० गतेदेखि नियमित कक्षा सञ्चालन हुनुअघि उद्घाटन गरिने अध्यक्ष साँकीको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण